‘दान्भी र गाउँ आएको बाटो’ पोस्टपोन्ड हुँदा ‘फर्की फर्की र पुजार सार्की’लाई कती फाइदा ?

जेठको १० गते रिलिजमा आउने भनिएको फिल्म ‘दान्भी’को प्रदर्शन मिति अब असार ७ गतेलाई तोकिएको छ । यसको अर्थ, अब जेठको १० गते ‘फर्की फर्की र पुजार सार्की’ मात्र रिलिजमा आउनेछन् । 

यता, जेठको १८ गतेबाट रिलिजमा आउने भनिएको नायक  दयाहाङ राई स्टारर फिल्म ‘गाउँ आएको बाटो’ पनि पोस्टपोन्ड भएको छ । यो फिल्म अब जेठको २५ गतेबाट रिलिजमा आउनेछ । 

यसरी हेर्दा, जेठको १० गते बिदाको दिनमा ‘फर्की फर्की र पुजार सार्की’लाई आक्रामक ओपनिङ गर्ने अवसर त छँदै  थियो, दोस्रो हप्तामा पनि कुनै प्रतिस्पर्धा नहुने देखिएको छ । 

यी दुई फिल्म १५ दिन अब विना अवरोध चल्नेछन् । फिल्मी बजारमा यी दुबै फिल्मको हाइप राम्रो बनिरहेको छ । 

सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएपछि यसको हाइप चुलिएको छ । दर्शकले एउटा नयाँ कथामा फ्रेस फिल्म हेर्न पाइने प्रतिक्रिया दिएका छन् । अनमोल केसी, जसिता गुरुङको जोडी पनि हट केक बनिरहेका छन् । 

यता, दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘पुजार सार्की’ तीन नायकहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहका कारण चर्चामा छ । फिल्मको ट्रेलर राम्रो आयो भने यसको हाइप अझै चुलिनेछ । 

यी दुबै फिल्मले अब प्रदर्शनमा केही सहजता पाउने निश्चित छ । तर, फिल्म चल्नका लागि कथावस्तु नै बलियो हुनुपर्छ । यसो भएको खण्डमा दुबै फिल्म केही हप्तासम्म सुखद रुपमा हलमा चल्नेछन् ।