‘विच्छेद’लाई भारतमा अवार्ड

फिल्म ‘विच्छेद’ले भारतमा अवार्ड जितेको छ । शनिबार मुम्बइको अन्धेरीस्थित वेद कुनबा थिएटरमा आयोजना भएको ‘१४ औं दादासाहेब फाल्के चित्रनगरी’मा फिल्मले ‘सर्वोत्कृष्ट फिचर फिल्म’को अवार्ड जितेको हो । यो फिल्मको अवार्ड निर्मात्री सावित्री बज्राचार्यले लिएकी थिइन् । 

फिल्म ‘बिच्छेद’ले नेपालमा पनि आयोजना भएका विभिन्न महोत्सवमा अवार्ड जितिरहेको छ । यो फिल्मले केही दिन अगाडि आयोजित ‘नेपाल ग्रामिण चलचित्र महोत्सव’मा पनि उत्कृष्ट छायांकार र जुरी मेन्सन अवार्ड प्राप्त गरेको थियो ।

यस्तै, सौराहामा आयोजित ‘दक्षिण एसियाली फिल्म फेस्टिभल’मा पनि यो फिल्मले छायांकन र लेखन विधामा अवार्ड जितेको थियो । 

यो फिल्म गतबर्ष नै रिलिज हुनुपर्ने हो । तर, विविध कारणले रिलिज हुन सकेको छैन । सिम्पल एन्ड मिडिया र रेड आई फिल्मस्को प्रस्तुति रहेको यो फिल्ममा मुकुन भुषाल र लक्ष्मी बर्देवाको प्रमुख भूमिका छ । सत्यराज चौलागाइको निर्देशनमा यो फिल्म बनेको हो ।