‘फेरि रेशम फिलिली’को तयारी

निर्माता रौनक विक्रम कँडेलले फिल्म ‘फेरि रेशम फिलिली’को तयारी गरिरहेका छन् । वि.सं २०७२ सालमा रिलिज भएको फिल्म ‘रेशम फिलिली’को सिरिजको रुपमा यसको निर्माण गर्न लागिएको हो । ‘रेशम  फिलिली’को ‘पिरतीको छाता’ बोलको गीत अहिले पनि चर्चामा छ । 

यो फिल्मको छायांकन चाडै नै सुरु हुने निर्माणपक्षले बताएको छ । यो फिल्मलाई निरज महर्जनले निर्देशन गर्दैछन् । फिल्ममा आकाश बरालको लेखन छ । मनोज पण्डित फिल्मका स्क्रिप्ट डाक्टर हुन् । मनोजका अनुसार, उनले फिल्ममा काम गर्नुपर्ने काम सकेका छन् । 

यो फिल्ममा नायक विनय श्रेष्ठ र नायिका सुपुष्पा भट्टको मुख्य भूमिका रहनेछ । ‘रेशम फिलिली’मा विनय र मेनुका प्रधानले अभिनय गरेका थिए । 

फिल्मले सामाजिक कथालाई व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गर्ने मनोजले बताए । फिल्मको हाल धमाधम प्रि प्रोडक्शननको काम चलिरहेको छ ।