‘लेबर’को टिजरमा मजदुर शक्तिको कथा

अरिपन फिल्मस् एण्ड पुणेन्द्रु प्रोडक्शनको प्रस्तुतिमा तयार भएको फिल्म ‘लेबर’को टिजर सार्वजनिक भएको छ । मजदुर दिवसको अवसर पारेर आज आयोजित पत्रकार सम्मेलनमा यसको टिजर सार्वजनिक गरिएको हो ।

यो फिल्मलाई पुणेन्द्रु झाले लेखन तथा निर्देशन गरेका हुन् । यो फिल्ममा उत्पल झा, राम भजन कामद, राजेश सक्सेना, जैनाथ अधिकारी, राकेश यादव लगायतका कलाकारको अभिनय छ । 

फिल्ममा पुणेन्द्रु र नरेश मिश्रको लेखन, आलोक शुक्लाको डीओपी, निमेष श्रेष्ठको सम्पादन, प्रवेश मल्लिकको संगीत, हिमाल केसीको एक्सन छ । 

फिल्मको टिजरमा मजदुरको कथा उठान गरिएको छ । फ्रि भिसा र फ्री टिकटको विषयलाई समेत फिल्ममा स्थान दिइएको छ । 

फिल्मको टिजर हेर्दा यो दक्षिण भारतीय फिल्मको स्टाइलमा तयार पारिएको छ । फिल्मलाई नेपाली, मैथिली र भोजपुरी भाषामा तयार पारिनेछ ।

मजदुरलाई दबाउन खोज्दा के हुन्छ भन्ने कथा फिल्ममा प्रस्तुत गरिएको छ ।