‘मिस नेपाल पिस’को ताज श्रीया रजकलाई

२३ प्रतियोगीलाई पछि पर्दै युनिक्याम्पस ग्लोबल ‘मिस नेपाल पिस’को पाँचौ संस्करणको उपाधी श्रीया रजकले जितेकी छन् । काठमाडौ लैनचौर निवासी २३ बर्षीय बिएससी नसिङ पास आउट रजकले उपाधिका साथमा नगद रु ५०,००० नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसन सेवाको गुडबिल एम्बसेडर लगायत उपहार स्वरुप प्राप्त गरिन् ।

शनिबार राजधानीको हायात रिजेन्सी होटलमा सम्पन्न फिनालेमा सुस्मिता बोगटी फष्टरनरअप तथा जीना श्रेष्ठ सेकेन्ड रनरअप भएका थिए । उनीहरुले क्रमश ३०,००० र २०,००० साथै बिभिन्न उपहार प्राप्त गरे ।
नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसनसँगको सहकार्यमा शान्तिको सन्देश फैलाउने प्रतिबद्धता सहित यसअघि हुने गरेको ‘मिस नर्स’लाई परिमार्जित गरि गत बर्षबाट प्रतियोगतिाको नाम ‘मिस नेपाल पिस’राखिएको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रबि धमलाले बताए ।
नर्सिङ पेशामा रहेका र नर्सिङ अध्ययन गरिरहेका व्यक्तिहरुको व्यक्तित्व विकास गरी उनीहरुलाई सामाजिक काम प्रति उत्तरदायित्व बहन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेक्स्ट मोडलस् नेपालका कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

मिस नेपाल वल्ड २०१६ अस्मी श्रेष्ठ, फोटोग्राफर राजभाई सुवाल , डा.लोचन कार्की, डा. सन्ध्या चापागाई लगायत निर्णायक रहेको प्रतियोगितामा शीर्ष सहित विभिन्न आधा दर्जन शीर्षकमा विजेता घोषित गरिएको थियो । ब्युटी विथ ब्रेनको उपाधि जीना श्रेष्ठ, मस्ट ट्यालेन्टेड रिना थपामगर, बेस्ट पर्सनालिटी सुस्मिता बोगटी, बेस्ट् वाक गीता देवकोटा, पब्लिक च्वाइस प्रमिला पण्डित, मस्ट चार्मिङ आरजु श्रेष्ठ, मस्ट डिस्सिप्लिन आस्मा प्याकुरेल, मिस फोटोजेनिक श्रीया रजक र बेस्ट नर्सिङ थिम ड्रेस अनु कुमाल, सोसल्ली रेस्पोन्सिबल सरिता राई र मस्ट पपुलर साजन केसी घोषित भए ।

रोजिन शाक्यको कोरियोग्राफी, शेखर केशजु क्रियटिभ निर्देशक, पुरुषोतमा खतिवडा इभेन्ट कोअडिनेटर रहेको प्रतियोगीताको फाइनल प्रतिस्पर्धामा प्रतियोगीहरु डिजाइनर अनु श्रेष्ठ र जोशीला श्रेष्ठले तयार पारेका पहिरनमा सजिएका थिए । बिजेता रजतले ‘मिस वल्र्ड पिस २०१८’मा नेपालको प्रतिनिधित्व गर्न पाउने छिन् ।