स्वेच्छा र त्रिलोकले जिते मिस्टर एण्ड मिस सगरमाथाको उपाधि
_1cvatjg8wlxifhsqzds4hvhbjqfqrt96kjgchocprhvtu6wc3ex6v81wc5ph.png)
‘फेशन इरा’ले आयोजना गरेको ‘मिस्टर एण्ड मिस सगरमाथा २०१८’ को उपाधी स्वेच्छा के.सी. र मिस्टरमा त्रिलोक विक्रम थापाले हात पार्न सफल भएका छन् । राजधानीको बिशाल बजार स्थित सासा बेन्क्युटमा आयोजित यस प्रतियोगितामा सन्नी श्रेष्ठ र एजिना कार्कीले फस्ट रनरअपको उपाधी आफ्नो पोल्टामा पार्न सफल भएका थिए भने जनार्दन आर्चाय र इमा श्रेष्ठ सेकेण्ड रनरअपको उपाधी पाएका थिए ।
उनीहरुले उपाधी सहित एक लाख नगद पुरस्कार, माउन्टेन बाईक ट्रफि र बिभिन्न गिफ्ट ह्यापरहरु हात पारेका छन् । प्रतिस्प्रधाको लागि ३२ जना युबा तथा युबती सहभागी थिए । अन्य प्रतियोगीहरुले मस्ट ट्यालेन्ट, बेस्ट पर्सनालिटी,बेस्ट ड्रेस्स, बेस्ट स्किन, मस्ट पपुलर, मस्ट ब्युटिफुल, मिसेस फोटोजेनिक, बेस्ट स्माईल आदि बिभिन्न विधामा विजेता भएका थिए । ‘मिस्टर एण्ड मिस सगरमाथाको यो दोश्रो सिजन हो । प्रतियोगिता सफल पार्न सहयोग गर्ने बिभिन्न ब्यक्तित्व तथा संघसंस्थाहरुलाई फेशन ईराका प्रेसिडेन्ट अानन्द सिंहले मायाको चिनो प्रदान गर्नुभएको थियो ।

मिस मगर इन्टरनेशनलको ट्यालेन्ट राउण्ड सम्पन्न, १२ प्रतियोगीतले देखाए प्रतिभा

मुना रिजालले अफ्रिकामा हुने मिस हेरिटेज ग्लोबलको ग्रान्ड फिनालेमा नेपालको प्र…
एउटै कार्यक्रममा ६ विजेता घोषित

‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ बने समा र शिशिर

स्विम सुट राउण्डमा 'मिस एण्ड मिस्टर नेपाल २०२३' का प्रतियोगी

प्रतिक्रिया