‘मिस इको इन्टरनेशनल’मा नेपालबाट मौनता लामाले प्रतिस्पर्धा गर्दै 

अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल २०१८’मा नेपालको प्रतिनिधित्व मौनता लामाले गर्ने भएकी छन् । १० अप्रिल देखि ३० अप्रिलसम्म इजिप्टमा आयोजना हुने उक्त प्रतियोगीतामा सहभागी हुन लामा सोमबार त्यसतर्फ प्रस्थान गरेकी छन ।
६० देशका इको सुन्दरीहरुको सहभागीता रहने प्रतियोगीताका लागि नेपालबाट उनी एक्लो सहभागी हुन् । नेपालका लागि अधिकार प्राप्त संस्था ग्रीन आर्ट मिडियाले राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनलाई ‘मिस इको इन्टरनेशनल नेपाल २०१८’को ताज लगाउदै प्रतियोगतिाका लागि चयन गरेको थियो ।

लामा नेपालको चौथो सहभागी हुन् । यस अगाडी प्रतियोगीता प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ र गतबर्ष रोनाली अमात्यले सहभागीता जनाएका थिए ।
कपन निवासी १८ बर्षीय लामाले नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउन यो राम्रो प्लेटफर्म भएको बताइन् । उनले भनिन् ‘नेपालको कल्चरल ड्रेस र देशमा रहेको सांस्कृतीक र प्रर्यटकिय स्थानको पहिचान सहितको डकुमेन्ट्री लिएर प्रतियोगीतामा म सहभागी हुन लागेको हो ।’उनी प्रतियोगीतामा तल उल्लेखित थिमका ड्रेस सहित सहभागी हुन लागेको ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौलले बताए ।

१. इको ड्रेस
यसलाई सिम्रिक डिजाइन स्टुडियोकी प्रज्ञा चित्रकारले डिजाइन गरेकी हुन ।
यो ड्रेसको कन्सेप्ट डिजाइन “रिसाइकल र रियुज” अन्तर्गत गरिएको हो । पुरानो टी–सर्टलाई पुनर्प्रयोग डाईको प्रयोग गरिएको छ । यसलाई हिमाल, पहाड र तराई क्षेत्र देखिने गरि राखिने छ ।

२.राट्रिय पहिरन
यसलाई प्रज्ञा चित्रकारले नै डिजाइन गरेकी हुन । राष्ट्रिय पहिरन शिर्षक अन्तर्गत उनी आफूलाई बसुन्धराको रुपमा प्रस्तुत हुँदैछिन । बसुन्धरा पृथ्वीको देवीको रुप हो । यी देवीसँग पृथ्वलाई यसको प्राकृतिक स्वरुपमा श्रृङ्गार्ने सामर्थ भएको विश्वास गरिन्छ ।
यस अन्तर्गतको पहिरनमा पहेलो रङ्ग धेरै प्रयोग गरिनेछ । पहेलो प्रजननको रङ्ग हो । यो पुरा पहिरनमा पवित्र तत र पञ्चतत्व जनाउने चिजहरु राखिन्छ । यो पहिरन सँगै शिरमा तामासँगै क्रिस्टल, मुगा लागइनेछ । यी पत्थरलाई शुद्ध रुपमा पाइन्छ । यो ताजमा पनि धार्मिक चिन्हहरु राखिनेछ । यसमा पवित्र चिन्ह जनाउन अनन्त गाठो र ओम मणी पद्ये हुँ लेखिएको हुनेछ ।

३.इभिनिङ्ग गाउन र अन्य ड्रेस
इभिनिङ्ग गाउन, ककटेल ड्रेस बाँकी अन्य ड्रेसहरु विभिन्न डिजाइनरहरुले बनाएका छन । यसमा मिगेश उदास, सिम्रिक डिजाइन स्टुडियो, ड्रिम्स वेअर, ब्याङ्क्वेट इनोभऐट, क्रस रोड अपरेल, काया डिजाइनर स्टुडियो, एस ए वेअर लगायतले डिजाइन गरेका छन ।