‘फेशन ट्रेड सिजन टू’मा कलाकार देखि पत्रकारले र्याम्पवाक गर्ने

फेसियल हाउसको आयोजनामा जेष्ठ ११ गते शुक्रबार ‘फेसियल हाउस फेशन ट्रेड सिजन टू’ हुने भएको छ । ‘फेसियल हाउसले यसपटक फेशन शोका लागि मोडल मात्र नभई रोलमोडल पनि छानेको छ’, फेसियल हाउस संचालिका सुष्मा महराले भनिन, ‘समाजका प्रतिष्ठित विभिन्न पेशा, व्यवसाय र क्षेत्रमा आफूलाई स्थापितहरुलाई र्याम्पमा उतार्ने प्रयास गर्न खोजेका छौं । त्यसैले यसपल्ट चर्चित कलाकार, गायकगायिकाहरुका साथै तिनै कला क्षेत्रको समाचार पस्किने पत्रकारहरु, समलिङ्गी ब्यत्तिहरु लगायतलाई र्याम्पमा उतार्दैछौं ।’
‘फेसियल हाउसले समय सान्धर्भिक रुपका फेशनलेबल डीजाईन मेकअप र भबिष्यमा हुने र चल्ने डिजाईन तथा मेकअपलाई फेशन टेड्र मार्फत प्रस्तुत गर्दै आएको छ । ‘फेसियल हाउस फेशन ट्रेड सिजन टू’ले फेसनको दुनियामा अझ बढि समय सान्दर्भिक विम्ब सिर्जना गर्नेछ’, फेसियल हाउसकी संचालिका सुष्मा महराले भनिन ।
फेशन मिलेको ज्यान भएकाहरुका लागि मात्रै होइन, ज्यान अनुसार मिलाउन लाईनै फेसन भन्ने मान्यतालाई स्थापीत गर्न सवै प्रकारका जिउडाल भएकाहरुलाई मिल्दा फेशन हुनुपर्छ भन्ने हो । मान्छेहरुको उचाई, लम्बाई र चौडाई मात्रै सौन्दर्यको मानक होइन भन्ने देखाउनका लागि र पहिरन राम्रो भएर मात्रै हुँदैन, त्यो अनुसारको मेकअप र हेयर डिजाइन गर्दा मात्रै राम्रो देखिन्छ भन्ने दर्शाउनुका लागि पनि यो फेसन ट्रेडको आयोजना गर्न लागेको महराको भनाई थियो ।
फेसन ट्रेडमा साप्ताहिकका सम्पादक सुवास ढकाल, शुक्रवारका सम्पादक केपी ढुंगाना, कामनाका सम्पादक विदुर गिरी लगायतका पत्रकारहरुलाई पनि र्याम्पमा उतार्न लागिएको छ । पत्रकारहरुलाई यसरी फेशन शोमा उतारिएको घटना सम्भवतः यो पहिलो हुनेछ ।
यसैगरी अभिनेत्री करिष्मा मानन्धर, सविन श्रेष्ठ, क्षितिजा शाक्यलगायत, मिस नेपालहरु उषा खड्गी र सुगरिका केसी, अभिनेताहरु आमेश भण्डारी, यशराज गराच लगायत, ‘मेरी बास्सै’की कलाकार सुनिता गौतम र्याम्पमा उत्रनेछन् ।
कार्यक्रममा गायक युवराज चौलागाइँ, गायिका आस्था राउत लगायतका गायक गायिकाले आफ्नो प्रस्तुति दिनेछन । फेशन ट्रेड सिजन टु का लागि सुषमा महराका डिजाइन मेकअपहरुलाई प्रस्तुत गर्न कोरियोग्राफी लक्की खड्की, स्मित तामाङ, ड्रेस डिजाइन प्रेम देब, एनि र मेकअप चन्द्र लामा र हेयर डिजाईनमा बिगेन तामाङ रहने छन् ।

‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’मा ४ विजेता छनौट

‘आइसी डिजाइनर रनवे १२’ फेसन शो हुँदै

'जुम ब्युटी'को नयाँ शाखा चक्रपथमा खुल्यो, सलोन, केकी, रिमा र अन्जुले गरे उद्घ…
_GzPqbPiJWR_7c5fg0xhnl4wrernfgkwkvljstchwtkz888eaznefrq3iulggppzngl74adw_KKfEtGx8Qq_gvwvvuwaqsclznfuwktfgoq52eaofzruas8lmoigjiipcbi9qcssr7tlscrx.jpg)
बबिराज फेस अफ द नेशन

सजिनालाई ‘मिस एलिगेन्स’को उपाधि

‘मिस युनिभर्स नेपाल २०२३’का लागि आवदेन खुल्ला, नोभेम्बर १८ मा फाइनल
_MxzH3HLDCH_qa3bm2ivqcbzedrikshrrajwsewobdywtnnflblz8lkkp3myedj9slwvqac9_j5l8CpQEdB_cpp2wy4xeedobdzh2vj1lvbnushms4pwmottarh8cliquuvgh1semjqoaekq.jpg)
सरुले जितिइन् ‘द नेशनल डिजाईनर रनवे’ को शिर्ष उपाधी

प्रतिक्रिया