‘सुर्य ईन्टरनेशनल अवार्ड’को फारम खुल्ला

जापानको टोकियोमा पहिलो पटक हुन गईरहेको ‘सुर्य ईन्टरनेशनल अवार्ड–२०१८’को फारम खुल्ला गरिएको छ । आयोजकले विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी दिएको हो । आगामी सेप्टेम्वरको १६ तारिक अर्थात नेपाली मिती २०७५ भाद्र ३१ गते सुर्य ईन्टरनेशनल अवार्ड–२०१८ हुने जनाएको छ । उक्त अवार्डमा फिल्म र संगीत तर्फबाट ६/६ गरी १२ विधा रहने आयोजकले जनाएको छ ।

अवार्डमा उत्कृष्ट फिल्म, नायक, नायिका, सपोर्टिङ कलाकार महिला र पुरुष गरी ६ विधा र संगीत तर्फ लोक, पप र आधुनिक गायक गायिका गरी ६ विधा राखिएको छ । विश्वभरीबाट अनलाईन तथा सामाजिक सञ्जाल मार्फत भोटिङ हुने र भोटिङबाट नै पपुलर अवार्ड वितरण गर्ने आयोजक संस्थाका अध्यक्ष बासुदेव लामिछानेले बताएका छन् ।

नेपाली अवार्डको गरिमा र अवार्ड समारोहको वारेमा बेला बखत हुने विवाद तथा चर्चालाई अन्त्य गर्न र यस्ता अवार्डहरुबाट फरक रहन सुर्य ईन्टरनेशनल अवार्ड २०१८ लाई भोटिङ प्रक्रियामा संचालन गरिने विज्ञप्तीमा उल्लेख छ । यहि जेठ मसान्तसम्म अवार्डको लागि फरम भर्न पाइने छ ।

अवार्डको लागि हाल जापान र नेपालमा भव्य तयारी भईरहेको बासुदेवले बताए । यस्तै, अवार्ड समारोहमा ३ दर्जन बढि कलाकर्मीहरु र केही पत्रकारहरु जापानको एउटै मञ्चमा देखिने आयोजक टिमले बताएका छन् । अवार्ड समारोहमा कमेडी, नृत्य, गायन लगायतका बृहत साँस्कृतिक प्रस्तुतीहरु पनि रहने छ ।

यता नेपालमा कलाकर्मी व्यवास्थापन र फारम वितरण तथा संकलन गर्न संचारकर्मी नरेश भट्टराई र चलचित्र पत्रकार संघ नेपालका सचिव समीर बलामीलाई जिम्मेवारी दिएको लामिछानेले बताएका छन् । विधागत सूची दर्ताको लागि बलामी फिल्म ईनटरटेन्मेन्टका समीर बलामीसँग सहकार्य गर्न विज्ञप्ती आह्वान गरिएको छ ।

दर्ता समूह

फिल्म तर्फ

१. उत्कृष्ट फिल्म

२. उत्कृष्ट निर्देशक

३. उत्कृष्ट सह अभिनेता

४. उत्कृष्ट सह अभिनेत्री

५. उत्कृष्ट अभिनेता

६. उत्कृष्ट अभिनेत्री

गीत तर्फ

पप

१. उत्कृष्ट गायक

२. उत्कृष्ट गायिका

आधुनिक

१. उत्कृष्ट गायक

२. उत्कृष्ट गायिका

लोक

१. उत्कृष्ट गायक

२. उत्कृष्ट गायिका