‘मिस वर्ल्ड डाइभर्सिटी’ युनिताको पोल्टोमा

अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड डाइभर्सिटी’ को उपाधी नेपाली प्रतियोगीले हात पार्न सफल भएकी छन् । सामान्य प्रश्नको जटिल जवाफका कारण चेली युनिता खत्रीले अन्तर्राष्ट्रिय सौन्दर्यप्रतियोगिताको ताज आफ्नो पोल्टोमा पार्न सफल भएकी हुन् । यसै साता दुबईमा भएको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड डाइभर्सिटी’ मा ५० देशका प्रतिस्पर्धीलाई पछि पार्दै युनिताले ‘मिस वर्ल्ड डाइभर्सिटी–२०१८’ को उपाधि जितेकी हुन् ।

अन्तिम चरणमा युनितालाई सोधिएको ‘नेपालको डाइभर्सिटीको अवस्था कस्तो होला ?’ भन्ने प्रश्नको जवाफ दिदै भनिन् ‘डाइभर्सिटीमा कल्चर, हेरिटेज र एडभेन्चर मात्र नभै नेपालमा मात्र हैन विश्वभरी नै लभ, रेक्सपेक्ट र केयर हुन जरुरी छ ।’ उनको यहि उत्तरले उनलाई उपाधि दिलायो । युनिताले टाइटलसँगै मिस फ्रेण्डसिप र मिस डान्सरको समेत उपाधि जितेकी थिइन् । उनी मिस नेपाल २०१७ निकिता चन्दक सहित निर्माणाधिन फिल्म रानीमहलमा अनुबन्धित छिन् ।

प्रतियोगितामा युनिताले मिस वल्र्ड डाइभर्सिटीको उपाधि सहित बेस्ट डान्सको समेत उपाधि जित्दा, भारतकी प्रतियोगी फस्ट रनरअप भएकी थिइन् । ‘मिस वर्ल्ड डाइभर्सिटी’को आगामी संस्करण नेपालमा नै गरिने जानकारी पनि युनिताले दिइन् । युनिता यसअघि ‘मिस ई–कलेज २०१६’मा सेकेन्ड रनरअप भएकी थिइन् । ‘मिस राजधानी’ मा ‘मिस वर्ल्ड’ उपाधि जितेपछि उनलाई सोही उपाधीले डाइभर्सिटीको प्रतियोगी बनाएको थियो ।