हेयर डेडलकको फेशन

सामान्यता कपाललाई लट्टा बनाउने प्रकृयालाई हेयर डेडलक भनिन्छ । परम्परागत रुपमा साधु सन्त, फकिरहरुले कपाललाई डेडलक बनाउँथे ।  तर केही समय यताबाट नयाँ पुस्ता डेडलकले फेशनको रुप लिएको छ । तन्नेरी पुस्ताहरु आफ्नो कपाललाई लट्टा बनाउन तल्लिन छन् । मुलत पश्चिमा मुलुकका कतीपय, रक, पप तथा फुटबल स्टारले आफ्नो कपाललाई लट्टा बनाउन थालेपछि त्यसको देखाशेखी गर्दै नेपाली तन्नेरी पुस्ताले पनि हेयर डेडलकको फेशन अपानाएका हुन् । हुन त हिन्दुहरुका भगवान शिबको परिचय पनि लट्टा युक्त कपाल हो । यसरी पछिल्लो समय फेशन बनेको हेयर डेडलक गर्न त्यती सजिलो भने छैन । कसरी बनाउने त हेयर डेडलक । यसपटक त्यसको लागि हेयर डेडलकको केही टिप्स यहाँ प्रस्तुत गरिएको छ :

आबस्यक समाग्री
१) कुरुस
२) थप्नको  लागि आबस्यक कपाल
३) मुस
४) खरानी

बनाउने तरिका

–             कपाल डेडलक बनाउनु अघि सम्बन्धित व्यक्तिको कपाल केही लामो हुनु पर्छ ।

–             आबस्यक कपालमा केही कपाल थपेर मोटो बनाउनको लागि थप कपाल लिनु पर्छ ।
–             यसपछि कुरुसको सहायताले सम्बन्धित कपालमा नयाँ कलाप थपेर लट्टा बनाउँदै जान ।
–             यसरी बनिसककेको कपाललाई लट्टाको रुप दिन त्यसमा खरानी र मुसको प्रयोग गर्ने ।
–             यसरी कपालको स्वरुप अनुसार २५ ओटासम्म लट्टा बनाईन्छ ।
–             यसरी पुरै नयाँ कपाललाई डेडलक बनाउन कम्तिमा पाँच लाग्छ ।

डेडलकको स्याहार

–             डेडलक बनाएपछि सम्बन्धित कपाललाई नियमित रुपमा सफाई गर्न पनि त्यतिकै आबस्यकक्ता छ । समयमा सरसफाई भएन भने कपाल सम्बन्धित विभिन्न समस्या आउने, जुम्रा पर्न सक्छ ।
–             त्यसैले डेडलक कपाललाई हप्तामा कम्तिमा दुई पटक सफा गर्नु आबस्यक छ ।
–             अरु कपाललाई जस्तो सामान्य सेम्पुको धुवाईले डेडलक कपाल सफा हँुँदैन । त्यसैले लट्टा नछुटोस भनेर हरेक लट्टालाई सावधानी पूर्वक राम्ररी स्याम्पुको प्रयोग गरेर धुनु पर्छ । यसरी धुँदा कपालमा राम्ररी सेम्पु लगाएर निकैबेर मिच्नु पर्छ ।
–             यसरी सेम्पु गरिसकेकेपछि हलुकासँग धुनु पर्छ । तर लट्टाको सेम्पु राम्ररी पखालिनु पर्छ । धुनेक्रममा लट्टालाई कडासँग मिच्यो भने लट्टा बिग्रन सक्छ ।
–             एक पटक गरेको डेडलकलाई लामो समयसम्म टिकाउन बेला बेलामा बिग्रिएको लट्टालाई पुन बनाउनु तथा कडा तुल्याउनु पर्छ ।

डेडलकको प्रयोग

डेडलकको प्रयोग प्राचिन काल देखि नै अफ्रिकी मुलुकमा बढी भएको पाइन्छ । उनीहरुको कपाल अत्याधिक खुम्चिने भएकाले त्यसलाई सिधा बनाउन पनि प्राचिन कालदेखि अहिलेसम्म पनि प्रायले डेडलक गर्दै आएका छन् । यस्तै युरोपको हिप्पी समुदाय, भारतको जोगी समुदाय, नेपालको हिमाली प्रदेशका केही जाती र चीनको तिब्बतीय समुदाय, मँगोलको मँगोलियन समुदाय लगायतले कपाललाई डेडलक गर्छन ।  १० डिसेम्बर २०१०मा गिनिज बुक अफ वल्ड रेकर्डमा अमेरिकी महिला आशा मण्डेलाले विश्वको सबै भन्दा लामो डेडलक कपाल बनाएर आफ्नो नाम दर्ता गराएकी थिईन् ।  केही मुलुकमा डेडलक बनाउनुलाई नराम्रो पनि मानिन्छ ।

सुष्मा महरा
बिजनेश उमन : प्रोपाईटर, फेसियल हाउस काठमाडौं मल ।