LOVE @ पच्चीस (भाग -२) – अनल गौतम

- मेराेफिल्म

पहिलो भागबाट क्रमश :

…चिया खाजा टन्न खाईवरी हामी होटलबाट बिल तिरेर बाहिर निस्कींदा झिसमिसे सांझ पर्न थालेको थियो । “ला… अध्यारो पो हुन थालिसकेछ त है । हामी कती बेला पुग्छौं दाई काठमाण्डौं ।” उसले लाडीदै मेरो व्याग भिर्दै सोधि ।
“जतिबेला पुगेपनि म सुरक्षीत पुर्याइहाल्छु नी किन चिन्ता मानेकी के ।” मैले हल्का उसको गाला चिमोट्दै भनें ।

“मलाई चिन्ता लागेको होईन हौ माई डियर, हजुरसंग अब के को चिन्ता लाग्नु नी मलाई“ अघि सम्म मलाई दाई भन्दै गरेकी एलीना अहिले डियर भन्दै म संग टांसीदै मस्कीदै थिई । “काठमाण्डौंमा कहां को संग बस्छौं तिमि एलीना ?” हामी बाईकमा बसी आफ्नो यात्रा तर्फ लागेपछि सोधें मैले ।

“म फुपुकोमा बस्छु सातदोबाटो डियर, हजुर कहां बस्नुहुन्छ ? हजुरको चाहिं बिहे भईसक्यो त ?” उ म संग लपक्कै टांसीएर मलाई पछाडीबाट दुबै हातले अंगालोमा कस्दै थिई । “म अनामनगर बस्छु, छैन नी बिहे भएको । पत्रकारको जिवन खाने सुत्ने ठेगान नै हुंदैन त्यैमाथी एक्लै… गर्लफ्रेण्ड पनि पो छैन हो अहिले सम्म । तनाब छ एलीना तनाब ।” मैले भुमीका बांध्दै भनें ।

“हजुर किन तनाब लिनुहुन्छ म छंदैछु नी अब डियर, हजुरलाई मांया गरौला नि गर्लफ्रेण्ड जस्तै गरी हुंदैन ?” दुबै हातले मेरो पेट छाती सुम्सुम्याउंदै हेलमेट लगाएको मेरो टाउकोको छेउमा उसको टाउको जोडीन् । “सांच्चै हो त ? तर हामी बल्ल त भेटेको मान्छे एक अर्कालाई चिन्दैनौं अहिले सम्म कसरी अहिले नै मायां बस्न सम्भव होला र एलीना ?” मैले मेरो बारेमा उसको प्रष्ट बिचार जान्न खोजें ।

“अघि आंप किन्ने बेलामा म हतार हतार फर्कदा हजुरमा ठोकिएर झोला झर्यो त्यत्तीबेला त मलाई रिस उठ्यो तर पछि सोचें हजुरले सरी भनेर झोला टिपेर दिनु भएको कुरा । यत्रो घण्टा र यात्राको अवधिमा मैले हजुरलाई धेरै जानि सकें । पुर्ण रुपमा चिन्न त म आफैंले पनि आफुंलाई सक्दीन तर मलाई के थाहा छ भने हजुर समझदार हुनुहुन्छ र मलाई धेरै मायां दिन सक्नुहुन्छ डियर ।” उ भावनामा डुबेर बोलीरहेकी थिई ।

बाईरोडको बाटोमा सवारीहरुको चाप अत्यन्त कम रहेछ यदा कदा मात्रै कुनै गाडी वा मोटरसाईल भेटीन्थे बाटोमा । पैदलयात्री समेत त्यत्ती देखीदैनथे । अधेरोले छोपीसकेको थियो हाम्रो धर्ति । सुनसान सडक, झमक्क हुन थालेको अन्धकार, मोटरसाईकलमा लपक्क टांसीएर हिंडेका दुई तन्नेरी युवा युवती अनि हामी बिच भर्खरै बन्न खोज्दै गरेको मायाको सम्बन्ध । बढो उत्तेजीत र रोमाण्टीक बन्दै थियो वातावरण ।

“मानीसको स्वभाब समय अनुसार परिवर्तन हुन्छ एलीना भोलीको दिन कसैले जान्दैन ।” म अलि भाउ खान खोजेको जस्तो गर्न खोज्दैथें । “त्यो त मलाई पनि थाहा छ भविष्य कसैले जान्दैन डियर तर मेरो मनले हजुरलाई चिनीसकेको छु ।” उसले आफ्नो दुबै खुट्टाले मलाई च्याप्नथाली ।

“थ्याङ्क्यु एलीना तर तिमि यति धेरै बुझेको जानेको आधुनिक छौ अनि स्वतन्त्रता चाहने तिम्रो स्वभावमा र कतै तिम्रो इच्छा र चाहनामा म बाधक पो बन्छु कि ।” मोटरसाईकल चलाउंदै देब्रे हातले उसको सुकोमल पिडुंला मुसार्दै मायांलु पारामा भन्दै थिएं म ।

“मलाई पनि त मायांको खांचो छ डियर हजुरले मलाई मैले चाहेको जती माया दिन सक्नुहुन्छ मेरो ख्याल गर्नसक्नुहुन्छ मलाई चाहिएकै त्यत्ती न हो ।” उसको खुट्टा मुसारीरहेको मेरो हात च्याप्प समाएर सुम्सुमाउन थालिन् । सांझ छिप्पीएर झमक्क अध्यांरो भईसकेको थियो सिमभञ्याङबाट हिंडे देखी नै मैले मेरो मोटरसाईकलको हेडलाईट बालेर हिंडेको थिएं । हामि शायद नौबीसे पुग्न लागेका थियौं ।

उसको नरम हातको मायालु स्पर्शले म मा छुट्टै रोमाञ्चीत प्रवाह छोड्न थाल्यो । मैले नियन्त्रण गर्नै सकिन मोटरसाईकल । बाटोको छेउमा मोटरसाईकल साईड लगाएर रोकें । उ तुरुन्तै ओर्लिएर छेउको झाडी पछाडी गई । म ओर्लेर हेल्मेट खोली चुरोट निकालेर सल्काउन थालें ।

एकैछिनमा उ सन्तुष्ट भावमा आईपुगी । “तीमीलाई गार्हो भएको रहेछ मलाई भन्नु पर्दैन अघि नै ।” मैले केहि कराएको शैलीमा भनें ।  उ मेरो छेउमा आएर मेरो हात समाउंदै “मलाई सिमभञ्याङ देखी नै लागेको हो लाग्न त तर हजुरसंगको कुरालाई म रोक्नै चाहन्नथें, हजुरले रोकिसक्नु भएको भएर मात्रै निस्केको डियर, आई लभ यु” भनेर मेरो ओठमा आफ्नो ओठ जोड्न आईपुगी ।

म केहि बोलीन, मात्र उसलाई अंगालोमा कसें एकैछिन । उ संग छुटीएर मैले तान्न लागेको चुरोट मेरै हात समातेर केहि पल्ट कसेर तानी उसले अनि हामी फेरी गन्तब्य तर्फ लाग्यौं । हाम्रो यात्राको सुरुवात देखी नै बोल्दै हिंडेका हामी अहिले चुपचाप छौं । मात्र उसले मलाई कसेर अंगालो मारीरहेकी छे, म आफ्नो हातको उसको हात सुम्सुमाउंदै छु ।

अघि सम्मको सुनसान बाटो नौबीसे कटेपछि भने बढो भिडभाडयुक्त थियो । स्वतन्त्र रुपमा ड्राइभ गरीरहेको अहिले रोड ट्राफीकले मोटरसाईकलको गती ह्वात्तै घटाएको थियो तर हामी हाम्रो काठमाण्डौंको गन्तव्य नजिकै पुगीसकेका थियौं ।

“ओह्हो…. १० बजीसकेछ डियर” केहि बेरको मौनता तोड्दै उसले भनि । “हामी साथ भएपछि समयको के पवार्ह भयो र एलीना ।” उसको हात चपक्क समाउंदै मैले भनें । “हो नि, म छुट्टीन चाहन्न हजुरसंग आज डियर हामी संगै बसौं है ? मलाई हजुरसंग धेरै कुरा गर्नु छ ।” उसको हात समाईरहेको मेरो हात तानेर चुम्बन गरीन् उसले ।

“सांच्चै चाहन्छौं तिमि ? फेरी आफन्त कसैले केहि भन्ला नि त तिमिलाई ।” मैले उसको भावना कन्र्फम गर्न खोजें । “म मेरो मर्जिको मालीक छु डियर, हजुर चिन्ता नगर्नु । मलाई सांच्चै हजुरको साथ चाहिएको छ आज ।” उसले मेरो हात दवाउंदै भनि ।

“मेरो घर जान्छौ कि होटलमा बस्ने त एलीना ?” मैले फेरी सोधें । “हजुरको घर नै हो र यहां ?” उ मैले घर भनेको सुनेर छक्क पर्दैथि । “आफुं जहां बसीन्छ त्यहि घर होइन त लाटी । मेरो काठमाण्डौंमा घर छैन, म फ्ल्याटमा बस्छु तर एक्लै ।” मैले अर्थाए उसलाई ।

“हाहाहा…” उसले हांस्दै भनि “हो बाबा हो, घर नै हो । म त हजुरले जहां लग्नुहुन्छ त्यहिं जान्छु तर हजुरलाई फरक पर्दैन भने मात्र हजुरकै घर लग्नुहोला ।” हामि दुबैले पहिलो पटक देखेका भेटेका थियौं एक अर्कालाई । पहिलो पटक बोलेका थियौं एक अर्कासंग । पहिलो पटकमै उ यती विध्न खुलेको देखेर कता कता डर पनि पलाएको थियो मेरो मनमा तर कता कता माया पनि राम्रै पलाईसकेको थियो उ प्रति भलै उ बीबाहित भएर पनि छुट्टीएकोले एक्लै थिई भने म अविवाहित ।

मलाई पहिलो भेटमै राम्रो नचिनेको महिलासंग संगै रात बिताउनु उचित हुंदैन भन्ने लागीरहेको थियो तर उसको मायांमा म लगभग डुबी पनि सकेको थिएं । जे भएतापनि उनीलाई घरमै लिएर जानु उचित नहोला की जस्तो लाग्यो मलाई ।
“होइन त्यस्तो त एलीना, तिमिलाई घरमा लग्दा केहि फरक पर्दैन मलाई तर ढोका लगाईसकेका हुन्छन् की घरबेटीले के गर्ने होला भनेर ?” मलाई थाहा थियो मैले खबर नगरेको अवस्थामा घरबेटीले १० बजे पछि घरको गेट लक गरीसकेका हुन्छन् । आज आउन कति बेला होला भनेर म आउंदै गरेको जानकारी दिएको पनि थिईनं । त्यसैले मैले फेरी उसैलाई प्रश्न गरें ।

हामी कुरा गर्दा गर्दै काठमाण्डौं उपत्यका छिरीसकेका थियौं । धनकुटाको हिले देखी काठमाण्डौं सम्मको यति लामो र कठिन यात्रा उनको साथले सार्है आनन्दीत र सहज भएको थियो । सहजै काठमाण्डौं पुगेको भान भयो मलाई । “त्यसो भए पहिला घर नै जाउं न त, ढोका लक भएको रहेनछ भने घरमै बसौं नत्र बाहिर बसौंला ।” उ म संग छुट्टीने सुरमा कदापि थिईन आज ।

म उसले भने अनुसार गर्नेमा पुगेको थिएं हस भनेर अनामनगर आफ्नो घर “डेरा” तर्फ लागें । रातीको करीब ११ बजे घरको ढोकामा पुगेर यसो धकलेको त ढोका खुल्लै पो रहेछ । “वाउ इट इज ओपन डियर” भन्दै उ खुसी भई । मैले उसलाई चुप लाग्न साउती गर्दै मोटरसाईकल घर भित्र पार्क गरेर लेग गार्डमा बांधिएका आंपको पोकाहरु बोकेर पहिलो तल्लामा रहेको मेरो डेरामा लिएर गएं ।

मैले मेरो फ्ल्याटको ढोका खोल्न नपाउंदै “ओहो कती मिलेको हजुर फ्ल्याट त बाबा” भन्दै जुत्ता खोलेर मेरो व्याग एकातिर फालि लिभिङ रुमको सोफामा डङ्ग्रङग पल्टीई । म टावल बोकेर हांस्दै बाथरुम छिरें । चुरोट सल्काउंदै सोच्दै थिएं म एलीनाको बिहान दाई थिएं बेलुकी डियर बनें अहिले बाबा पो भईसकेछु ।

म फ्रेस भएर बाथरुमबाट बाहिर आउंदा उ त सोफामै निदाई पो सकिछे । बिचरी सार्है थाकीछे भनेर उसलाई त्यहिं एउटा पातलो ओड्नी ओडाईदिएर सुत्न आफ्नो बेडरुम तर्फ लागें । चिसो हातले मेरो अनुहारमा चलाएको चाल पाएर म व्युझिंदा उ नुहाएर फ्रेस भई वरी म संगै सुतेर मेरो अनुहार मुसारी रहीकी थिई ।

मैले उसको मुहार हेरें, उज्यालो दिब्य तेज भएकी उसको आंखाभरी आंशु थियो । “मलाई बाहिर सोफामा छोडेर यहां आएर सुत्नु भएको हजुर” भनेर गुनासो गरीन् । “सरी मैले त थाकेर केहि चालै पाईन” भनेर ढांटे उसलाई ।
“हस तर मलाई अब एक्लै छोड्न पाउनुहुन्न है” भनेर जोडले अंगालोमा कसेर टांस्सीन आई पुगीन् ।

“हस” भन्दै म पनि उसलाई अंगालोमा कसेर उसको टाउको आफ्नो छातीमा टांसेर उसको कपाल सुम्सुमाउंदै उनको शरीरको न्यानो तापमा पर्लक्क पग्लीएर भुसुक्क निदाएं ।

अर्को भाग अर्को शनिवार…

२०७५ असार ३० गते १०:५० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *