सुदूरपश्चिममा सुन्दरी प्रतियोगिता

‘एक्सपर्ट मिस फारवेष्ट नेपाल’ प्रतियोगिता कैलालीको धनगढीमा हुने भएको छ । आयोजक रोयल कोल्याबोरेटिभ्स् प्रालि धनगढीले बुधवार पत्रकार सम्मेलन गरी सुदूरपश्चिमको कला, संस्कृति, पर्यटन, भेषभूषाको प्रवर्द्धन गर्ने उद्देश्यले मिस फारवेष्ट प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिएको छ ।
प्रतियोगितामा १६ देखि २५ वर्षसम्मकाले मात्रै सहभागिता जनाउन पाउने आयोजक संस्थाका अध्यक्ष देवेन्द्र जोशीले जानकारी दिए । उनले असोज २० गते हुने प्रतियोगिताका लागि भदौ ७ देखि १० गतेसम्म कैलालीको टीकापुर, अत्तरिया, धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा अडिसन गर्ने बताए । प्रतियोगितामा सहभागी भएकालाई भदौ २० देखि असोज १९ गतेसम्म एक महिनाको तालिम प्रदान गरिने जोशीले जानकारी दिए ।
प्रतियोगितामा मिस फारवेष्टको ताज जित्नेलाई स्कुटरसहित विविध पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । यसैगरी, फष्ट रनरअप र सेकेण्ड रनरअपलाई क्रमशः ५० हजार र २५ हजार रुपैयाँ प्रदान गर्ने जोशीले जानकारी दिए ।
उनले हरेक विधामा उत्कृष्ट हुनेलाई क्रमशः १० हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बताए । प्रतियोगिताको निर्णायकमा पूर्वमिस नेपाल सुगारिका केसी, गायक कालीप्रसाद बास्कोटा, अन्नपूर्ण शर्मा, निर्देशक हेमराज बिसी, पूर्व ओलम्पीयन दीपक बिष्ट र कोरियोग्राफर निलम चन्द रहने जनाइएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब २५ देखि ३० लाख रुपिया बजेट खर्च हुने आयोजकले जानकारी दिएको छ ।

‘मिस यूनिभर्स’को अन्तिम २० मा रोकिदा पनि किन भयो दीपिकाको चर्चा ?
_AlcHiO19cg_yaqifunkc4b0yewv6hmi1pq7n8cb5u48hymdyswkyqut88tmw9trq1geoyr5_RKUmDbJ95N_bmdkc2d4t5bmkkqd7yt578rh9n93nvish6uzxuamgljif6pzlxysy481tdec.jpg)
मिसेस् नेपाल वर्ल्ड–२०२३ को टप २३ प्रतिस्पर्धी सार्वजनिक

मिसेस युनिभर्स २०२३ मा विमला

‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’मा ४ विजेता छनौट

‘आइसी डिजाइनर रनवे १२’ फेसन शो हुँदै

'जुम ब्युटी'को नयाँ शाखा चक्रपथमा खुल्यो, सलोन, केकी, रिमा र अन्जुले गरे उद्घ…
_GzPqbPiJWR_7c5fg0xhnl4wrernfgkwkvljstchwtkz888eaznefrq3iulggppzngl74adw_6NNXtXJQkb_k4zcsejxice8d3zx1vxsj1zocqlwpsss4gwdwzyhvn62lnfgd5aqsiwyhk7d.jpg)
बबिराज फेस अफ द नेशन

प्रतिक्रिया