‘मिस ब्युटि क्विन नेपाल २०१८’ को उपाधी ज्योतिलाई

मिस ब्युटि क्विन नेपाल २०१८ को पाँचौ संसकरणको ताज ज्योति प्रसाईंले पहिरिएकी छन् । १५ जना अन्य प्रतिस्पर्धीलाई पछि पार्दै प्रसाईंले उक्त सौन्दर्य प्रतियोगीताको ताज पहिरिएकी हुन् । उनले शिर्ष उपाधिसँगै ‘बेस्ट ट्यालेन्ट’ को उपाधि समेत हात पारिन् । यस्तै फस्ट रनरअप, मिस पब्लिक चईस तथा मस्ट स्मार्टको उपाधि जयश्री मल्लले हात पारिन् भने सेकेन्ड रनरअपको उपाधि संगै बेस्ट पर्सानालिटीको टाईटल बर्षा महर्जनले हात पारिन् । त्यस्तै थर्ड रनरअपको उपाधी सहित बेस्ट हेयरमा मनिषा थापाले जितिन् ।
एमाजोन ईन्टरटेन्मेन्टले मोडेलिङमा रमाएका वा यसमा भविष्य खोज्ने युवतीहरूको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्यका साथ आयोजना गरेको यस सौन्दर्य प्रतियोगिताको अन्य सबटाईटलको बेस्ट स्किनमा सेल्गुइ लिम्बु, मस्ट एक्टिभ रन्जिता बिष्ट, बेस्ट स्माईल तथा मस्ट पपुलर ॠषिका थापा, मस्ट चार्मिङ निशा पौडेल, बेस्ट डिसिप्लिन आरती आले मगर, मस्ट एट्रक्टिभ अस्मिता राइ, बेस्ट फोटोजेनिक पुजा अधिकारी, बेस्ट ड्रेस सेल्गी लिम्बुले उपाधी जितिन ।
विजेताले उपाधिसँगै आर्टिस्ट नेपाल, जाभिरा कस्मेटिक , पायस कस्मेटिक, भिएलसिसी ,ट्रान्सिट लेडीको तर्फबाट बिभिन्न गिफ्ट ह्यापर प्राप्त गरे। बिगत छ बर्ष देखी बिभिन्न कार्यक्रमको आयोजना गर्दै आएको सस्था एमाजोन ईन्टरटेन्मेन्टले यो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको संचालन चर्चित कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए भने प्रतियोगिताको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिईन ।

मिसेस युनिभर्स २०२३ मा विमला

‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’मा ४ विजेता छनौट

‘आइसी डिजाइनर रनवे १२’ फेसन शो हुँदै

'जुम ब्युटी'को नयाँ शाखा चक्रपथमा खुल्यो, सलोन, केकी, रिमा र अन्जुले गरे उद्घ…
_GzPqbPiJWR_7c5fg0xhnl4wrernfgkwkvljstchwtkz888eaznefrq3iulggppzngl74adw_VFtXG77TJl_hcwehaj03zc2sdrz2lzqc0tosp6wkyvqvxo8rvzmoglggd6q9nptk6saejvz.jpg)
बबिराज फेस अफ द नेशन

सजिनालाई ‘मिस एलिगेन्स’को उपाधि

‘मिस युनिभर्स नेपाल २०२३’का लागि आवदेन खुल्ला, नोभेम्बर १८ मा फाइनल
_MxzH3HLDCH_qa3bm2ivqcbzedrikshrrajwsewobdywtnnflblz8lkkp3myedj9slwvqac9_HHrNWHRLW8_quqdth40ly5rxmv1tryxrihf4ujwe3imglkpt6ixb27qexcwusyc78ze049k.jpg)
प्रतिक्रिया