एयरपोर्टमा पल शाह

आउँदो शनिबार हुने ‘राप्ती इन्टरनेशनल म्युजीक अवार्ड’मा सामेल हुनका लागी पल शाह बुधबार साँझ  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया उडेका छन् । उनीसँगै लोक गायिका राधिका हमाल,  सिन्धु मल्ल, गायक कृष्ण रेउले लगायतका कलाकारहरु अवार्ड समारोहका लागी त्यस तर्फ लागेका छन् ।

राप्ती अञ्चल भित्रका कलाकारहरुलाई मात्र दिइने यो अवार्डको उत्कृष्ट मोडलको मनोनयनमा शाह परेका थिए । त्यसै अनुरुप उत्कृष्ट मोडलको अवार्ड थाप्न उनी अस्ट्रेलिया हिडेका हुन् । कार्यक्रममा राधिका हमाल, कृष्ण रेउले लगायतका कलाकारको प्रस्तुती रहे पनि पलको भने प्रस्तुती नरहने उनले बताए । ‘मैले कुनैपनि अवार्ड समारोहमा आफूले प्रस्तुती दिने गरेको छैन, त्यसैले यो कार्यक्रममा पनि प्रस्तुती भने हुनेछैन’ पलले भने ।  अवार्ड समारोह रक्डेल एनएसडब्लुस्थित इन्द्रेणी फङसन सेन्टरमा हुने बताइएको छ ।