नेपालमा ‘मिस एण्ड मिस्टर टुरिज्म एण्ड कल्चर यूनिभर्स’ हुदै

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै प्लानेट मल्टिमिडिया ईन्टरनेशनलले अन्तर्राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिस्टर टुरिज्म एण्ड कल्चर युनिभर्स नेपाल’ आयोजना गर्ने भएको छ । मिस एण्ड मिस्टर टुरिज्म एण्ड कल्चर युनिभर्स विश्वब्यापी रुपमा सञ्चालन हुदै आएको म्यान्मारको सौन्दर्य प्रतियोगिता हो ।
४० भन्दा बढी देशका प्रतियोगिहरु सहभागी हुने उक्त प्रतियोगिता नेपाल भ्रमण वर्ष–२०२० लाई लक्ष्ँित गर्दै आयोजना हुन लागेको आयोजक संस्थाका प्रमुख मोनित मर्हजनले जानकारी दिएका छन् । यो प्रतियोगिता नेपालको सबै प्रदेशको पर्यटन तथा संस्कृति झल्कने गरी देशको ९ ठुला शहरमा आयोजना हुदैछ । प्लानेट मल्टिमिडिया ईन्टरनेशनलले आयोजना गर्ने यो प्रतियोगिताले युवालाई लक्षित गरेको छ । १८ वर्षदेखि २८ वर्ष उमेर समुहका महिला तथा १८ देखि ३५ वर्ष उमेर समुहका पुरुषले यो प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् ।
प्रतियोगिताको ग्राण्ड फिनालेका विजेताले म्यानमारमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनुका साथै नेपालको पर्यटन तथा संस्कृतिमा एक विशेष प्रस्तुतीकरण दिने मौका पाउने छन् । यसका साथै प्रदेशस्तरका प्रतियोगिताका विजेत पुरस्कार स्वरुप विभिन्न उपहारहरु प्राप्त गर्नेछन् ।
नेपालका सातै प्रदेशमा आयोजना हुने अडिसन तथा स्थानिय प्रतियोगितापछि काठमाडौंमा ग्राण्ड फिनाले गरिने उक्त प्रतियोगिताको प्रदेश नम्बर ३ को पहिलो चरणको अडिसन हालै सम्पन्न भएको छ । पहिलो चरणको अडिसनमा अभिनेत्री सुरक्षा पन्त, कोरियोग्राफर आश्विनी झा, कोरियोग्राफर सृष्टि घिमिरे तथा व्यवसायी रजत काब्रा निर्णायकको रुपमा रहेका थिए ।
‘मिस एण्ड मिस्टर टुरिज्म एण्ड कल्चर युनिभर्स’ सौन्दर्य प्रतियोगिता मात्र नभई आफुमा भएको प्रतिभा विश्व सामु चिनाउने अवसर समेत हो, आयोजक संस्थाका मोनित महर्जन भन्छन्–‘प्रतियोगिताको मुख्य उदेश्यभ भनेकै नेपालको पर्यटन तथा मौलिक संस्कृति विश्वसामु चिनाउनु हो ।’
प्रत्येक क्षेत्रमा हुने स्थानियस्तरको प्रतियोगिताबाट तीन–तीन जना महिला तथा पुरुष विजेताहरु काठमाडौंमा हुने प्रतियोगिताको ग्राण्ड फिनालेका लागि छनोट हुनेछन् ।
आयोजक संस्थाले क्षेत्र नम्बर ७ अर्थात सुदुर पश्चिमका लागि यही असोज २६ तथा २७ गतेका लागि अडिसनको मिति तोकेका छन् । असोज २६ गते शुक्रवार महेन्द्रनगरमा अडिसन कार्यक्रम राखिएको छ भने असोज २७ गते शनिवार धनगढीमा अडिसन सम्पन्न हुनेछ । दुबै अडिसनबाट छनोट भएका प्रतिस्पर्धिहरु दसैंपछि आयोजना हुने सुदुर पश्मिाञ्चलस्तरीय प्रतियोगितामा सहभागि हुनेछन् । उक्त प्रतियोगिताका तीन–तीन जना (महिला तथा पुरुष) विजेता काठमाडौंमा सम्पन्न हुने ग्राण्ड फिनालेका लागि छनोट हुनेछन् ।

‘मिस यूनिभर्स’को अन्तिम २० मा रोकिदा पनि किन भयो दीपिकाको चर्चा ?
_AlcHiO19cg_yaqifunkc4b0yewv6hmi1pq7n8cb5u48hymdyswkyqut88tmw9trq1geoyr5_WrloNZ2QWy_zacw5dy0q336rnlpads1albzgm0ku7pguiyoaypuy8ts4qxlwxznkmsn8vni.jpg)
मिसेस् नेपाल वर्ल्ड–२०२३ को टप २३ प्रतिस्पर्धी सार्वजनिक

मिसेस युनिभर्स २०२३ मा विमला

‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’मा ४ विजेता छनौट

‘आइसी डिजाइनर रनवे १२’ फेसन शो हुँदै

'जुम ब्युटी'को नयाँ शाखा चक्रपथमा खुल्यो, सलोन, केकी, रिमा र अन्जुले गरे उद्घ…
_GzPqbPiJWR_7c5fg0xhnl4wrernfgkwkvljstchwtkz888eaznefrq3iulggppzngl74adw_sPQZUrqc9U_fwxzje80yij4udbyh9ipybc65g4prvpxmvlmgcuddyoxbwcdwknktyswmx8a.jpg)
बबिराज फेस अफ द नेशन

प्रतिक्रिया