‘राधा २’ हैन ‘प्रेम दिवस’, गरियो शुभ मुहुर्त

निर्देशक योगेश घिमिरेले ‘राधा २’ निर्देशन गर्ने समाचार धेरै बाहिरियो । फिल्ममा नायिका प्रियंका कार्की र आयुष्मन देशराज जोशी मुख्य भूमिकामा रहने पक्का छ । यसै फिल्मबाट विशाल खरेलले डेब्यु गर्दै छन् । तर अहिले फिल्मको नाम परिवर्तन गरिएको छ ।

उक्त फिल्मको नाम राधा २ नभएर प्रेम दिवस राखिएको छ । बुधबार राजधानीको मैतीदेवी मन्दिरमा शुभ मुहुर्त गर्दै फिल्मको नाम प्रेम दिवस रहेको जानकारी दिइएको हो । कात्तिक ८ गतेबाट छायांकनमा जाने यस फिल्मले घटस्थापनाको अवसर पारेर शुभ मुहुर्त गरेको हो ।

संजय न्यौपानेको लगानी रहने फिल्मको पटकथा प्रदीप भारद्वाजले तयार परेका हुन् ।