अनुपले गरे ‘क्याप्सूल नाइन’ को उद्घाटन

नेपालमा लोकप्रिय बन्दै गएको क्लोथिङ ब्राण्ड ‘क्याप्सूल नाइन’को ७५ औँ आउटलेटको उद्घाटन भएको छ । ब्राण्डका एम्वेस्डर अभिनेता अनुपबिक्रम शाहीले सिभिल मलमा खोलिएको न्यू आउट लेटको उद्घाटन गरेका हुन् ।

सिभिल मलको तेश्रो तल्लामा खुलेको उक्त आउट लेटमा क्याप्सूल नाइन ब्राण्डसँग सम्बन्धित सबैजसो लुगाहरु उपलब्ध हुनेछन् । उद्घाटनपछि अनुपले भारत र चीनबाट समेत प्रोडक्सन हुने प्रसिद्ध नेपाली ब्राण्डसँग आफु जोडिन पाउनु खुशीको कुरा रहेको बताए ।अन्तर्राष्ट्रिय स्तरसम्म मार्केट बढाउँदै लगेका नेपाली प्रोडक्टहरुमा नेपाली कलाकारहरुलाई ब्राण्ड एम्वेस्डर नियुक्त गर्नु समग्र नेपाली कलाकारिता क्षेत्रको लागी सुखद कुरा हो । स्वदेशी ब्राण्डमा स्वदेशी कलाकारहरु नै जोडिन पाउनु गर्वको कुरा रहेको अनुपको भनाई थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै ब्राण्डका प्रवन्ध निर्देशक विनोद ढकालले राजधानीकै प्राइम लोकेशन मानिने सिभिल मलमा शाखा विस्तार गर्न पाउनु आफुहरुको लागि सुखद रहेको बताए । निर्देशक ढकालले नेपालसँगै अब छिट्टै नै भारतका विभिन्न शहरहरुमा ‘क्याप्सूल नाइन’ले आफ्नो बजार बिस्तार गर्न लागेको जानकारी गराउँदै अन्य एशियन देशहरुमा समेत शाखा खोल्ने तयारी भइरहेको बताए ।