मायाज् ब्युटी पार्लर संचालिका गीता गिरीलाई ‘राष्ट्रिय सेवा सम्मान्न’

विगत एक दशक अगाडि देखी सौन्दर्यकला व्यवसाय तथा समाज सेवामा सकृय रहेकी मायाज् ब्युटी पार्लरकी प्रवन्ध निर्देशक गीता गिरीलाई ‘राष्ट्रिय सेवा सम्मान्न २०७५’ प्रदान गरिएको छ । काठमाडौंमा एक भब्य समारोहका बिच माननिय कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’को हातबाट फोकस नेपालले उक्त सम्मान प्रदान गरेको हो । कार्यक्रममा उनीसँगै अन्य विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

यसअघी उनले भक्तपुर जिल्लामा नै उत्कृष्ट महिला उद्यमी भएर ‘विशेष उद्यमी सम्मान’ लगायत अन्य सम्मानहरु प्राप्त गरिसकेकी छिन् । गिरीले आगामी दिनहरुमा अझ राम्रो सेवा तथा सुविधाहरु विस्तार गरि व्यवसाय संगसंगै समाज सेवामा समेत लागि पर्ने बताइन् । भक्तपुर जिल्लाको सुर्यविनायकमा मुख्य कार्यालय रहेको मायाज् ब्युटी पार्लरको काठमाडौँ बानेश्वर र कलंकीमा शाखा कार्यालय रहेको छ ।