सिड्नीमा फेसन शो साथै भोईस टिमको सांगीतिक कार्यक्रम

मार्च ३०मा नेपाली डिजाइनरको ड्रेस लगाएर २० जना मोडल अस्ट्रेलियाको सिड्नीस्थित मरान अडिटोरियममा क्याटवक गर्ने भएका छन् । असप इन्टरटेन्मेन्टको आयोजनामा हुने कार्यक्रममा विभिन्न कलाकारहरु अस्ट्रेलिया आउने जानकारी असपका सिइओ सन्तोष अधिकारीले दिए ।

नेपाली डिजाइनर सुपी रसाइलीको डिजाइनर ड्रेसको साथसाथै गायक सनुप पौडेल, द भोइस अफ नेपालका १६ प्रतियोगी, गायिका अश्रा कुँवर, डान्सर एन्जल श्रेष्ठ र कर्पोरेट क्विन बिजेता शितल थापा समेत कार्यक्रममा रहने छन् । कार्यक्रम संचालन विवेक खतिवडाले संचालन गर्ने छन् ।