‘नेपाल्स स्टार मोडल’ का लागि छानिए ११ प्रतियोगी

Mero Film

‘नेपाल्स स्टार मोडल २०१९का लागि ११ प्रतियोगी छानिएका छन् । सिद्धि मिडियाको कार्यलय कुलेस्वरमा आयोजित पहिलो चरणको अडिसनबाट यी प्रतियोगी अन्तिम स्पर्धाका लागि छानिएका हुन् ।

१६ देखि ४० वर्षसम्मका विवाहित, अविवाहित महिला तथा पुरुषले सहभागिता जनाउन सक्ने प्रतियोगिता विद्यार्थी, गृहणी, कामकाजी ब्यक्ति, शिक्षक, कर्मचारी, ब्यबसायी लगायत सबैका लागि ब्यक्तित्व बिकाशका लागि उपयुक्त प्लेटफर्म श्रृजर्ना गर्ने उदेश्यले आयोजना हँदै आएको सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताए ।

अडिसनबाट छानिएका प्रतियोगीलाई अन्तिम स्पर्धाका लागि सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, मिडिया काउन्सिल लगायतका प्रशिक्षण प्रदान गरिनेछ ।

शिर्ष सहित बिभिन्न आधा दर्जन बिधामा बिजेता छानिने प्रतियोगिताको शिर्ष विजेताले ३० हजार नगदसहित विभिन्न उपहार र फस्टअप रनर र सेकेन्ड अप रनरले क्रमशः २० र १० हजार नगद सहित विभिन्न उपहार प्राप्त गर्ने आयोजकले जनाएको छ ।


Leave a Reply

Your email address will not be published.