ललितपुरमा ट्याटू कन्भेन्सन हुने

ट्याटू प्रेमी युवा वर्ग लक्षित गरेर ललितपुरमा ट्याटू कन्भेन्सन हुने भएको छ । रेन्बो जुम्बा एण्ड डान्स स्टुडियो र जेकेयस इन्टरटेन्टमेन्टको संयुक्त आयोजनामा ‘ललितपुर ट्याटू कन्भेन्सन २०२०’ हुन लागेको हो ।

उक्त महोत्सवमा ललितपुरका ३० ट्याटू कलाकारहरुले सहभागिता जनाउने छन् । प्रत्यक्ष ट्याटू खोप्ने एवं ट्याटूका डिजाइनहरु प्रदर्शनमा राखिनेछ भने कलाकारहरुबीच अन्तर्क्रिया कार्यक्रम पनि गरिनेछ। त्यस्तै कन्भेन्सनमा सबिन राई र फारो, नेपाली भ्लगर चेतनराज कार्की साथै लास्ट मिनेट, यामान र ‘दि मेमोरिया’ लगायतले प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछन् । कन्भेन्सन यही फागुन २३ र २४ गते नाखिपोटस्थित बास्केटबल कोर्टमा हुनेछ ।