लामाको ‘दुई नम्बरी’ मा भित्रिइन् भुटानी नायिका

दीपेन्द्र लामाले निर्देशन गर्ने फिल्म ‘दुई नम्बरी’ मा भुटानी अभिनेत्री उगेन छोदेनको पनि जोडिएकी छिन् ।

निर्मात्री तथा निर्देशकको समेत परिचय बनाएकी उगेनले यही फिल्मबाट नेपाली फिल्म उद्योगमा डेब्यु गर्दैछिन् ।

उगेनले नेपाली फिल्ममा काम गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ” भुटानमा पनि नेपाली कलाकारको क्रेज छ, नेपाली फिल्ममा काम गर्न पाउँदा खुशी लागेको छ ” फिल्ममा उगेनको जोडी अभिनेता दयाहाङ राईसँग हुनेछ ।

‘दुई नम्बरी’ले बिहीवार राजधानीमा कार्यक्रमको आयोजना गर्दै उगेनलाई अनुबन्ध गराइएको जानकारी दिइएको हो । फिल्मको छायांकन फागुन २८ गतेदेखि शुरु हुँदैछ ।

फिल्ममा उगेन भुटानी नागरिककै भूमिका रहनेछिन् भने दयाहाङ राई, पल शाह, वर्षा राउत लगायतका कलाकारको पनि शीर्ष भूमिका रहनेछ ।

किरण नेपालीको प्रस्तुति रहने यो फिल्ममा सुसन प्रजापतिको छायांकन रहनेछ । ‘दुई नम्बरी’ लाई रेड बर्ड प्रोडक्सन र आरआर फिल्मसको ब्यानरमा निर्माण हुँदैछ ।

तस्वीरहरू: ज्ञानु राई