…तर पनि नारी दिवसको शुभकामना !


घरमा छोरी जन्मिइ भनेर बाबाको मुहारमा खुशीको मुस्कान छाएपछि, छोरीको बिहे गर्ने बेला आमा बाबाको टाउकोमा ऋणको भारी आउने दिन सकिएपछि, घरमा सबैले संगै बसेर खाना खाएपछि छोरा हात चुठेर पुछ्दै मोबाइल समाउँदा, छोरी भाडा माझ्ने तरखर गर्ने चलन हटेपछि, सार्वजनिक ठाउँ र सार्वजनिक साधनमा यात्रा गर्दा नारिले दुर्ब्यबहार खेप्न छोडेपछि, कार्यालयमा सहकर्मी र हाकिमको दुर्ब्यबहार खेप्न छोडेपछि, दाईजो नदिएको निहुँमा बुहारिहरु जिउदै जल्न छोडेपछि, श्रीमानले घरको काम गर्दा जोइटिन्ग्रेको उपाधी पाउन छोड़ेपछी, रातमा महिलाले आफु सुरक्षित महसुस गर्न थालेपछि, बलात्कारको कारण पहिरन होइन भन्ने स्वीकारे पछि, समाजले बलात्कारको कारण छोटा लुगा नभएर घृणित मानसिकता भएको कुरामा बिश्वाश गर्न थालेपछि, प्रेम प्रस्ताव अस्वीकारको प्रतिफल एसिड आक्रमण हुन छोडेपछि, विवाहित नारीले आफ्ना आमाबाबुको बारे खुलेर सोच्न पाउने अवस्था सिर्जना भएपछि, घरेलु हिंशा अन्त्य भए पछि, पाँचतारे होटेलको नारीवाद छाउगोठ सम्म पुगेपछि मात्र मनाउला नारी दिवस !

तर पनि….आजको लागी अन्तर्ररास्ट्रीय नारी दिवसको शुभकामना !!