म त आजकाल ऐना हेर्दिन!!

म त आजकाल ऐना हेर्दिन!!
किनकी त्यसले मलाई प्रश्न गर्ने गर्छ
अनि जवाफ पाउन सायद
त्यसले धेरै समय कुर्नु पर्छ।
त्यसले मलाई मेरो कर्मको बिम्ब देखाउँछ
त्यसले त मेरो लाचारतालाई पनि पचाउँदछ।
त्यो त विवश छ
तर म निशब्द छु।
त्यसैले म आजकाल एना हेर्दिन!!
 
अनेकन परिस्थितिबाट भागी
देखावटीपनको बार टाँगी
म आफुले आफुलाई
आफुले बनाएको
भ्रमको थुप्रोमा लुकाउँछु
तर त्यसले मेरो भ्रमको झोली फुकाउँछ
त्यसैले म आजकाल एना हेर्दिन!!
 
म आफ्नोपनको बात गरि
आफैँलाई लात हान्छु
उता ठडिएर बसेका मेरा रहरले
मलाई उठाउन मलाई हात दिन्छन् !!
सायद तिनिले तानेर मलाई
दर्पण अगाडि लगिदिन्छन
म आखाँ खोल्न चाहान्न
किनकी ती रहरहरु छरपस्ट हुनेछन
त्यसैले म आजकाल एना हेर्दिन!!