दीपेन्द्रको निर्देशनमा ‘चिसो मान्छे’ र ‘लकडाउन’ बन्ने

लकडाउन पछि निर्देशक तथा निर्माता फिल्मको काम सुरु गर्न थालेका छन् । आज निर्देशक दीपेन्द्र के खनालले चलचित्र ‘चिसो मान्छे’ र ‘लकडाउन’ निर्देशन गर्ने जानकारी दिएका छन् । दुई वटा फिल्मको नाम निर्माणका लागि निर्देशक दीपेन्द्रले चलचित्र विकास बोर्डमा दर्ता गराएका छन् ।

फिल्म ‘चिसो मान्छेको कथा तयार भइसकेको छ भने त्यसको लागि स्क्रिप्टमा काम गर्ने बताएका छन् । उनले फिल्म ‘चिसो मान्छे’ पछि ‘लकडाउन’ फिल्मलाई निर्देशन गर्ने छन् ।  आज चलचित्र विकासबोर्डमा दर्ताका लागि पुगेका निर्देशक दीपेन्द्र र निमात्री शर्मिला पाण्डेले स्क्रिप्ट फाइनल भएपछि मात्र कलाकार छनोट गरिने बताएका छन् । दुवै फिल्ममा शर्मिलाकै लगानी रहने बताइएको छ ।