आलु

महान हिर्दयकी खानी आलु ।
गरिबको झुपडी देखि दरबारसम्म ।
तिम्रो यात्रा जारी छ् ।

तिम्रो महिमा के गाउ हेर आलु
कतिलाई तिमिले जीवन दिएकि छौ
तिमिले दिने पोसण जारी छ
जिबन तिम्रो भरोसा गर्ने धेरै छ्न ।।

कतिले तिम्रो नाम ठ्ट्यौली पारामा लिन्छ्न
कति गरिबले तिम्रो महिमा गाउछ्न
हेर प्रिय् आलु म जब स्कुल मा फेल हुन्थे
मेरो गणित शिक्षकले मलाई तिम्रो
नामले बोलाउनु हुन्थ्यो मलाई ।।

तेति खेर मलाई अप्ठ्यारो महसुस हुन्थ्यो
जब गाउँबाट शहरतिर लागे
तिमिलाई गल्तीमा,चोकमा, महलमा सबैतिर देखे
यति खुशी भएकि हेर आलु ।।

शहरको क्याम्पसमा पढे पढ्नेक्रम जारी छ हेर।
तर तिम्रो महिमा पड्न सकिन यी किताबहरुमा
तिम्रोबारेमा अध्यन भने जारी छ ।।

                  शान्तिदिप रेग्मी