सन्तोषको ‘हु.तु.तु’ मा अटाए हरिवंश देखि पलसम्म

आसुसेन फिल्म्स प्रोडक्सनले नयाँ फिल्मको घोषणा गरेको छ । यस फिल्म प्रोडक्सनले नयाँ फिल्म ‘हु तु तु’ निर्माणको घोषणा गरेको हो । यस फिल्ममा लोकप्रिय कलाकार हरिवंश आचार्यदेखि राजाराम पौडेल, माओत्से गुरुङ, प्रदीप खड्का, पल शाह, नाजिर हुसेन, गौरव पहारी, सलोन बस्नेत लगायतका कलाकारको अभिनय रहने छ । कमेडी जनरामा बन्ने भनिएको यस फिल्मलाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गर्नेछन् ।
फिल्म पुर्णरुपमा कमेडी हुने कलाकार, निर्माता तथा निर्देशक सेनको भनाई छ । यस फिल्मका लागि मुख्य अभिनेत्री र अन्य कलाकारको छनोट कार्य भइरहेको छ । आसुसेन फिल्म्स प्रोडक्सनले निर्माण गरेको फिल्म ‘प्रेम गीत ३’ कोरोनाका महामारीका कारण रिलिज हुने टुङ्गो लाग्न सकेको छैन ।