हास्य कलाकारको जीवनी अव एपबाटै पढ्न पाइने

नेपालका लोकप्रिय हाँस्य अभिनेताहरुको जीवनी अब मोबाइल एपमा पढ्न पाइने भएको छ । उनीहरुको जीवनीलाई मोबाइल एपमा नै सबै जानकारी राखिने लेखक जीवनराज दाहालको भनाई छ ।यसलाई एपमार्फत आफुले ल्याउन सफल भएको उनको धारणा छ ।

‘जीवनी सङ्ग्रहित ’ पुस्तक निकालेर चर्चामा आएका लेखक जीवनराज दाहाल नयाँ सोचका साथ नयाँ हाँस्यव्यङ्ग्य कलाकारको नामावली थपेर निःशुल्क रुपमा पढ्न मिल्ने एप्लिकेसन बनाएका हुन् । हाल Android भर्सनमा पढ्न मिल्ने एपलाई सम्भव भएसम्म IOS भर्सनमा ल्याउने सम्पादक उद्धवकुमार घिमिरेको योजना छ ।

अहिले एपमा ७२ जना हाँस्यव्यङ्ग्य कलाकारको तस्बिर सहितको जीवनी समेटिएको छ भने नयाँ पुराना ३०० जति यसै क्षेत्रका कलाकारको नामावली समेटिएको छ । नेपाली एप्स घरले पब्लिक गरेको उक्त एपको नाम Biography of Nepali Comedy Artists राखिएको छ ।