मन पग्लियो राजेशको , सबै प्राविधिकको कोरोना बीमा गर्दिने

अभिनेता राजेश हमालले फिल्म प्राविधिकहरुको कोरोना बीमा गर्दिने भएका छन् । उनले चलचित्र प्राविधिक संघमा आबद्ध ६ सय जना प्राविधिकको बीमा गर्न लागेका हुन् । राजेशले कोरोना बीमाका लागि प्राविधिकहरुको नामावली मागेका प्राविधि संघले जानकारी दिएको छ । जसका लागि केहि दिनमा संघका पदाधिकारीहरुको बैठक बस्दैछ ।

आज विहानमात्रै राजेश हमालले आर्थिक अवस्था कमजोर भएका प्राविधिकलाई ५ लाख आर्थिक सहयोग गर्ने कुरा आएको थियो । तर प्राविधिकका कमीचारीले ६ सय जनाको बीमाको कुरा गरेपछि उनले हुन्छ भनेका थिए । लकडाउनको समयमा प्राविधिकहरुलाई आर्थिक सहयोग नगरेको भन्दै र उनीहरुको लागि आर्थिक नउठाएको आरोप लाग्दै आएको थियो ।