‘प्रसाद २’ को स्क्रिप्ट फाइनल, फिल्ममा ‘प्रसाद’कै कलाकारको निरन्तरता

फिल्म ‘प्रसाद’को सिक्वेल निर्माण गरिने भएको छ । फिल्मको स्क्रिप्टलाई पत्रकार तथा लेखक सुशिल पोडेलले फाइनल गरिसकेका छन् ।फिल्मलाई सौरभ चौधरीले निर्देशन गर्दैछन् भने सुभाष थापाको निर्माण रहेको छ ।

पुरानै कलाकारहरुले यसमा अभिनय गर्ने भएका छन् । फिल्म ‘प्रसाद’का कलाकारत्रय विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत नै दोहोरिने भएका छन् । यसका निर्देशक भने फेरिएका हुन् ।

यस फिल्मका लागि अहिले कलाकार निश्चल बस्नेतसँग मौखिक सहमति भएको निर्देशकले जानकारी दिएका छन् । यस फिल्मलाई ‘प्रसाद’को सिक्वेल र प्रिक्वेल दुबै भनिएको छ । फिल्ममा निःसन्तान दम्पत्तीको कथामा निर्माण भएको थियो । ‘प्रसाद’ कथामा लोकप्रियता भएपछि  निर्माता सुभाष थापाले यही नामबाट सापटी लिएर यसको सिक्वेल र प्रिक्वेल बनाउन लागेका हुन् ।