नाजिर दुब्लो हुँदा श्रीमतीको यस्तो हेपाई ,सहन नसकेर खाना नखाई हिड्छन् ( भिडियो सहित )

भन्ने गरिन्छ नी, दुव्लो पातलोलाई कसैले मन पराउदैनन् । पराइहाले पनि मोटो र दुव्लोलाई हेर्न दृष्किोण अलिक फरक नै हुन्छ । अरुको के कुरा गर्ने, दुव्लो हुँदा आफ्नै श्रीमतीले समेत हेप्ने गरेको पनि हामीले देख्ने छौँ ।

त्यहि कथामा आधारित एउटा गीत अहिले चर्चामा रहेको छ । हालै सार्वजनिक भएको ‘मुना दुव्लो हुनाले ’ बोलको गीत अभिनेता नाजिर श्रीमती बाट पिडित देखिएका छन् । उनी दुव्लो पातलो हुँनाले श्रीमतीबाट हेपिएका छन् । भिडियोमा उनलाई श्रीमतीले घर र घर बाहिरको काममा लगाएको दृश्य देखिन्छ ।

कडा श्रीमतीको अगाडी उनको केहि लाग्दैन र घरको सबै काम उनैले गर्छन् । उनको दैनिकी चोया काड्ने ,भाँडा माझ्नुपर्ने लगायत हुन्छ । घरमा भात खाइसकेपछि श्रीमतीले भाँडा माझ्न लाउँछे भने उनी खाना खान घर जान मान्दैनन् । त्यहि बेलामा साली चोया काडिरहेको ठाउँमा आइपुग्छिन् ।  नाजिरको श्रीमतीका रुपमा मोडल रियाशा दाहाल रहेकी छिन् भने सालीमा स्वस्तिमा खड्कालाई देखाइएको छ । भिडियोमा रियाशाकी बहिनी स्वस्तिमा खड्का हुन्छिन् । उनको नाम ‘मुना’ भनिएको छ ।

उनीहरुबीच माया प्रेम बस्न थालेको छ । श्रीमतीबाट निकै पिडित बनेका नाजिरको मन सालीतिर मोडिएको छ । सालीलाई पनि भेना मन पर्न थालेपछि दिदी अर्थात रियाशाले शंकाको दृष्टिकोणले हेर्न थालेकी छन् ।  यसरी कलात्मक तरिकाले भिडियोमा देखाउने काम गरेको छन् निर्देशक सान थापाले । राम्रो भिडियो निर्देशकका रुपमा आफुलाई स्थापित गरेका सानले यो भिडियोलाई कथागत रुपमा बगाएका छन् । उनको काम तारिफ योग्य देखिन्छ ।

साली भेनाको कथामा आधार बनाएर थुप्रै गीतहरु बजारमा आएका छन् । तर भिनाजु पिडित भएको गीत खासै बजारमा आएको पाइदैन । यसैलाई आधार बनाएकार गीतकार नवराज कलाउनीले शब्द कोरेका छन् । त्यसलाई संगीत भरेर गीतलाई मिठो बनाउने काम गरेका छन् मि. आरजेले । गीतमा राज खम्बु, सुजाता वर्मा र मि. आरजेको स्वर सुन्न सकिन्छ । गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन् भने सुप्रिम पराजुलीको सम्पादन गरेका छन् । यो समाचार तयार पार्दासम्म यो गीत युट्युवमा ट्रेन्डिङ ८ मा परेको थियो । गीतलाई दर्शकले राम्रै प्रतिक्रिया दिएका छन् ।