द्वन्द्व कलाकार तथा निर्माता सुरेश पुजारीको असामहिक निधन

द्वन्द्व कलाकार तथा निर्माता सुरेश पुजारीको असामहिक निधन भएको छ । उनको हिजोराती साढे ८ बजे टेकु स्थित आफ्नै घरमा नै हृदयघातका कारण निधन भएको निर्देशक नवल नेपालले जानकारी दिएका छन् ।

उनको  टेकुमा नै आज दाहसंस्कार गरिएको छ । पुजारी विगत ३० बर्ष देखि नेपाली सिनेमा क्षेत्रमा द्धन्द निर्देशकका रुपमा काम गर्दै आएका थिए भने केहि फिल्महरुमा लगानी  पनि  गरेका छन् ।

उनले राजेन्द्र खड्गीका लगभग सबै चलचित्रमा फाइट सिक्वेन्समा काम गरेका छन् । शुरेश पुजारी पछिल्लो समयमा सिनेजोन नामक पोस्ट प्रोडक्सनमा आबद्ध रहेका थिए । त्यस्तै केही साथीहरुसँग मिलेर फिल्म ‘सान्नानी, रगत , शंकर, आगो, पापी, कर्तब्य ,मामाघर लगायत फिल्ममा द्वन्द कलाकारका रुपमा काम गरिसकेका छन् ।