‘रातो मच्छिन्द्रनाथ’को रथयात्रामा कुटाई खाएका, ट्राफिक प्रहरी माथी बन्यो यस्तो कविता

कोभिड–१९ को जोखिमले ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा एक ट्राफिक प्रहरी जवानमाथी कुटपिटलाई लिएर रचना गरिएको छ । उनको त्यो अवस्था देखेर  निशा पन्थीले ‘लडाई लडाई लतानेर’ बोलको कविता सार्वजनिक गरेकी छन् ।

उनले एक भिडियो युट्युवमार्फत कविता वाचन गरेकी छन् । उनले गुडिरहेको मोटरसाइकलबाट ट्राफिकलाई लतारी लतारी कुटेर, के मानवता हराएकै हो र भनेर प्रश्न गरेकी छन् ।कवितालाई रबि चौहानले लेखेका छन् भने, जंतु ब्याण्डको म्युजिक रहेको छ ।  निकै मार्मिक कविता प्रस्तुत गरेकी निशाका कविताका केहि हरफहरु यस्ता रहेका छन् ।

‘लडाई लडाई लतानेर’

के पायौ त आखिर तिमिले उसलाई हानेर
गुडिराको बाइकबाट लडाइ लडाइ तानेर
के पायौ त आखिर तिमिले उसलाई हानेर ।।

के , मानवता आज ,साँच्चै हराएकै हो र
नेपाल आमालाई तिमीले दुखी ,गराएकै हो र
प्रहरी पनि मान्छे नै हो , तिम्रो जस्तै सास छ
राष्ट्रसेवक भयो अरे छोरो , परिवारको कत्रो आस छ
प्रहरी पनि मान्छे नै हो , तिम्रो जस्तै सास छ ……….