सरकार, अब सुटिङ पनि सुरु गर्न देउ


लकडाउन पहिलो चरणको सकियो । सकिदै नसकिदै म्यूजिक भिडियो धमाधम सुटिङ सुरु भए । फिल्म चुपचाप ।

म्यूजिक भिडियोमै ५० जना भएर पनि सुटिङ भयो । अवस्था के हुने हो थाहा थिएन । तर, भयो सुटिङ । सरकारले सुटिङका लागि अनुमती नै दिएको होइन । तर, सुटिङ धमाधम । प्राविधिक, कलाकार, निर्देशकले काम पाए । तर, फिल्ममाथि पक्षपात ।

सरकारले ३ साता लगाएको काठमाण्डौको निषेधाज्ञा खुकुलो बनायो । गाडी चल्ने भए । मल खुल्ने भए । सडकमा व्यापार सुचार हुने भए । अनी फिल्मको सुटिङ । हल खुल्ने त कुरै छैन ।

सावधानी अपनाउन नसके कोरोना जहाँ नी लाग्ने होला । कि, फिल्मको सुटिङमा मात्र लाग्ने हो । तर, सुटिङका बारेमा सरकार बोल्दैन । फिल्मकर्मी बोल्दैनन् । अब सुटिङ सुरु नभएको अवस्थामा कलाकार पनि समस्यामा पर्न पर्नेछ ।
सावधानी अपनाएर सुटिङ सुरु गर्न पर्छ अब । दिनमा झन्डै १ लाख कोरोना केस देखिएको छ भारतमा । तर, सुटिङ भैरहेका छन् ।

नेपालमा किन रोक्ने ? फिल्म बनाउनका लागि फिल्ममा लगानी गर्ने मानिस, कलाकार, निर्देशक, प्राविधिक सबै तयार छन् । फिल्मीकर्मी बोल्न पर्यो । हल खुल्ने समय लाग्ला । सुटिङमा के समस्या छ ?

सरकार, सबैका मजदुरको संवोधन गर्ने, फिल्म क्षेत्रका मजदुरको सम्बोधन नगर्ने हो र ?