अभिनयमा दमदारका साथ फर्किदै रेखा

यसै साता सार्वजनिक भएको म्युजिक भिडियो ‘मेरो जिन्दगी…’ यतिबेला चर्चामा छ । कुनै समयकी ब्यस्त अभिनेत्री रेखा घिमिरे उक्त भिडियोबाट पुनः दर्शकमाझ देखा परेकी छन् । आफ्नै ब्यवसायका कारण चलचित्र क्षेत्रबाट टाढा रहेकी रेखा वास्तबिक घट्नामा आधारित गीतको भिडियो मार्फत देखा परेकी हुन् ।

उनलाई पनि चलचित्रको पर्दामा देखिने चाहना पुरानै हो । सानै उमेरबाट ब्युटि पार्लर ब्यवसायमा सकृय रेखा घिमिरेको चलचित्रको पर्दामा देखिने चाहना ब्याड ब्वाई, विन्दास, चन्द्रावती आदि चलचित्रबाट पुरा गरेको थियो भने केही भोजपुरी चलचित्रमा समेत रेखाको अभिनय देख्न सकिन्छ । आफ्नै सौन्दर्यकलाको ब्यवसाय र सुटिङमा पनि भ्याई, नभ्याईको अवस्था बढ्दै गर्दा कलाकारिताबाट ओझेल परेको रेखाले बताईन् । उनले फिल्म क्षेत्रमा अभिनय गर्दा गर्दै जीवनयापन गर्न कठिन हुने देखेपछि पार्लरलाई समय दिन थालेको रेखाको भनाई छ । पछिल्लो समय सौन्दर्य व्यवसाय र आई पोडक्शन हाउसमा ब्यस्त रहेकी रेखाले दुई दर्जन भन्दा बढी भिडियोमा अभिनय गरेकी छन् ।

उनको आई पोडक्शन हाउसमा चलचित्र छायांकनको लागि आवश्यक सम्पुर्ण इकुप्मेन्ट उपलब्ध छ । मेहिनत र लगनशिलताका कारण सौन्दर्य ब्यवसायमा सफल रेखालाई अहिले आएर चलचित्र प्रति आकर्षण बढेको छ । काठमाडौंको ज्ञानेश्वरमा रोश ब्युटीपार्लर एण्ड स्पा सेन्टर सञ्चालन गर्दै आईरहेकी रेखाले अभिनयलाई पनि सँगँंगै अघि बढाउँने सोच बनाएकी छन् । उनी अभिनित ‘मेरो जीन्दगी’ म्युजिक भिडियो अहिले चर्चामा रहेको छ ।