ध्रुवको एकल अभिनयमा ‘शून्य’

बेलायतमा बस्दै आएका आएका अभिनेता ध्रुव दत्तले छोटो फिल्ममा अभिनय गरेका छन् । प्रवासमा रहेर पनि नेपाली कलाकारिता क्षेत्रलाई निरन्तरता दिँदै छोटो फिल्म ‘शून्य’ निर्माण गरेका छन् । जुन फिल्म सोमबार युट्युबमार्फत रिलिज गरिएको हो । छोटो फिल्मलाई सनम वैरागको निर्देशनमा बनेको हो ।

छोटो फिल्म १० मिनेट लामो रहेको छ भने दत्तको एकल अभिनय छ । कोभिड १९ महामारीले निम्त्याएको संकटपूर्ण अवस्थालाई यो छोटो फिल्मले निकै मार्मिक र भावनात्मक रूपले चित्रण गर्न खोजेको छ । यो फिल्म कोभिड १९ कै वरिपरि घटेको घटनालाई प्रस्तुत गरिएको छ ।

कृष्णबहादुर लाम्गादेको लगानीमा बनेको फिल्ममा गोपी सापकोटाको कथा र शन्तकुमार राईको छायांकन छ । यो लघु चलचित्रको सबटाईटल ज्ञानेन्द्र रावतले गरेका छन् भने स्वरांकन शशी थापा सुब्बा, सुस्मिता थापा, अभिमन्यू बैराग र सनम बैरागले गरेका छन् ।

भिडियो ः