विवाद र सफलताले घेरिएका भूवन केसी


हिरोको भनेको के हो भनेर वुझौ पहिला । अभिनयमा निख्खर मानिस पनि हिरो हो । समाजका लागि काम गर्ने मानिस पनि हिरो हो । फिल्ममा हेर्दा हिरो जस्तो देखिने हिरो भैहाले ।

नेपाली फिल्मका हिरो भूवन केसी पर्दाका हिरो । जुनी फिल्मबाट फिल्ममा आएका उनी । भूवन केसीको स्टाइल, जुंगा, ड्रेसले समाजमा कब्जा गथ्र्यो । भूवन केसी जे लगाउथ्य, समाजले सोही अनुसरण गरेको हो । भूवन पर्दाका हिरो ।
फिल्मका हिरो भूवन केसी मानिसको रियल जीवनमा हिरो भए होलान् कि भएनन् होला भनेर कुरा नगरौ यहाँ । भूवन केसीको आज जन्मदिन हो । नेपाली फिल्ममा उनलाई सुपरस्टार भनिएको छ । दर्शक र फिल्मवालाको एक समुह उनलाई महानायक मान्न पनि तयार हो ।

भूवन केसी सफल हिरो हुन् । उनले खेलेका फिल्मले १२५ दिन, १०० दिन, ५१ दिनको रेकर्ड धेरै राखे । उनले बनाएका फिल्मको पनि रेकर्ड छ । निर्मातामा, हिरोमा उनी सफल हुन् ।

भूवन केसीले फिल्म बनाउन छाडेका छैनन् अझै पनि । भूवन केसीको नाम विवादमा आयो । विवादमा उनी महिलाहरुसँग बढी जोडिएका हुन् । लकडाउनको बेलामा उनी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको विवाद बाहिर आयो । दुबैले बाझाबाझ गरे, अहिले चुप लागेर बसेका छन् ।

भूवन केसीको नाम महिलासँग बढी जोडिएको हो । उनलाई फिल्मका प्लेब्वाई पनि भनियो । भूवन यो कुरा मान्न तयार देखिएका होइनन् ।

भूवन केसीले नेपाली फिल्मका योगदान खुब दिएका छन् । अहिले पनि फिल्म बनाउन छाडेका छैनन् । छोरा अनमोल केसी फिल्ममा आएका छन् । उनको बजार माग उस्तै बढी छ ।

विवाद र चर्चामा भुवन केसी सधै भए । घरयासी विवाद । २ वटा विवाह टिक्न नसकेको कुरा । सबै कुराको विचमा भूवन केसी सफल अभिनेता, निर्माता हुन् । उनलाई जन्मदिनको शुभकामना ।