‘कृष्ण लिला’ मा पुष्प र दीपिका फाईनल

कोरोना कहरकैबीचमा फिल्मीकर्मीको फिल्म छायाँङ्कनको तयारीमा जुटेका छन् । केहि दिन अगाडी सरकारले लकडाउनलाई खुकुलो बनाएपछि सबै व्यवसाय खोल्न अनुमती दिइसकेको छ भने फिल्म हल लगायतलाई सञ्चालन गर्न अनुमती दिएको छैन । यसैबीचमा केही फिल्महरु भने लगातार घोषणा गरिरहेका छन् ।

निर्देशक दीपक ओलीले निर्देशन गर्न लागेको फिल्म ‘कृष्ण लीला’ को हालै घोषणा गरिएको छ । यस फिल्मका लागि अभिनेता पुष्प खड्का र अभिनेत्री दीपिका प्रसाईलाई अनुबन्ध गरिएको छ । पुष्प फिल्ममा भन्दा पनि म्युजिक भिडियोमा व्यस्त रहदै आएका छन् । अभिनेत्री दीपिका विबाह बन्धनमा बाँधिएपछि पारिवारीक वातावरणमा व्यस्त रहदै आएकी छिन ।

रंगपत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीले फिल्मको कथा,पटकथा र संवाद लेखेका हुन् । फिल्ममा रोहित कट्टेल प्रस्तुतकर्ता रहने अर्जुन पोखरेलको संगीत रहने निर्माण पक्षले जनाएको छ । फिल्ममा पुष्प र दीपिकाका अलवा बुद्वी तामाङ, रबिन्द्र झा, नवीन रेग्मीलगायतको अभिनय रहने छ ।  ‘कृष्ण लीला’ प्रेम कथामा बन्न लागेको फिल्म आर आर फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो । यस फिल्मको रत्न श्रेष्ठ निर्माता रहेका छन् । अर्को साताबाट फ्लोरमा जान लागेको फिल्मलाई पुर्वका दृश्यमा खिचिने छ ।