आकाशको नयाँ फिल्ममा शिव र सौगात

निर्देशक, निर्माता तथा कलाकार आकाश अधिकारीले नयाँ फिल्म निर्माण गर्ने भएका छन् । उनको फिल्मका लागि अभिनेता शिव श्रेष्ठ र सौगात मल्लले अभिनय गर्ने भएका छन् ।

फिल्मको कथा आकाश अधिकारीले लेखेका छन् । कुन फिल्म हो भन्ने कुरा बताइएको छैन । कथालाई नवविजय प्रकाश श्रेष्ठ, विजय उप्रेती र सजल लोप्चनले भने पटकथा तथा संवादको काम गरिरहेका छन् । अभिनेता शिव र सौगात दोस्रो पटक एकसाथ काम गर्ने भएका छन् । यस अघि फिल्म ‘लप्पन छप्पन २’ मा सँगै अभिनय गरेका शिव र सौगातको फिल्म प्रदर्शनको पखाईमा छ ।

आकाशको फिल्ममा शिव र सौगातले फिल्मका लागि कागजी सम्झौता गरिसकेका छन् । दि स्काई मुभिजको ब्यानरमा निर्माण हुन लागेको यस फिल्ममा शिव र सौगातका अलवा रविन्द्र झा, सुनिल कटुवाल र निर्देशक अधिकारी स्वयंको अभिनय रहनेछ । फिल्मको छायाँङ्कन भने तिहारपछि हुने निर्माण पक्षले जानकारी दिएको छ ।

अभिनेताको टुंगो लागेपनि अभिनेत्री खोज्नेक्रम जारी छ । अहिलेसम्म फिल्मका लागि अभिनेत्रीको टुंगो लागेको छैन । फिल्मको छायाँङ्कन नवराज कृष्ण थापाको रहने छ भने भुपेन्द्र अधिकारीको सम्पादन बताइएको छ । फिल्मको गीतमा राजनराज सिवाकोटी र शिखर सन्तोषको संगीत, अम्बिका शर्मा र राजनराज सिवाकोटीको रचना रहने छ । फिल्मको क्रियटिभ प्रोड्यूरसमा सम्पदा मल्ल रहेकी छन्