धमाधम बोर्डमा फिल्म दर्ता गर्दै निर्माता – निर्देशक

निर्देशक तथा निर्माताले फिल्मका लागि धमाधम फिल्म निर्माणका लागि फिल्म दर्ता गरिरहेका छन् । फिल्म क्षेत्र चलायनमान बनाउनका लागि उनीहरुले हालसम्म चलचित्र विकास बोर्डमा १८ वटा फिल्म दर्ता भइसकेका छन् ।

तर फिल्म क्षेत्रलाई सञ्चालन गर्न सरकारले अनुमति दिएको भने छैन । सार्वजनिक यातायात देखि पसलहरु सबै गत हप्ताबाट सञ्चालनमा आइसकेका छन् भने फिल्महल र स्कुल सञ्चालनमा आउन पाएका छैनन् । सरकारको अनुमति कुर्दै बसेका नेपाली फिल्मका लागि ठोस् निर्णय बाहिर आउन सकेको छैन ।

फिल्म क्षेत्र सुचारु गर्नका लागि फिल्म क्षेत्रका विभिन्न संघ संस्थाले पहल गरिरहेको भएता पनि सफल हुन सकेको छैन ।फिल्म क्षेत्रलाई चलायन मान बनाउनका लागि निर्देशक तथा निर्माताले साउनयता चलचित्र विकास बोर्डमा निर्माणका लागि १८ वटा चलचित्र दर्ता गरिसेका छन् ।

साउनदेखि यता १८ वटा डिजिटल, एक वटा वृत्तचित्र, ८ वटा विज्ञापन निर्माणका लागि बोर्डमा नाम दर्ता गरिएको छ । यस्तै, ३ वटा चलचित्रका निर्माताले नाम परिवर्तनका लागि निवेदन दिएको बुझिएको छ । बोर्डमा दर्ता भएका फिल्महरुमा ‘लकडाउन, चिसो मान्छे, लक्ष्य जिन्दगीको, सत्यम्, किन रुन्छ मेरो मन, तिमी विना, संक्रमण, उद्देश्य, गुरु आमा, कृष्ण लिला’ लगायतका छन् ।

बुधबार सीसीएमसीको टिमसँग भेटघाटका लागि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान पुगेका थिए । उनीहरुले सीसीएमसीसँग फिल्मलाई चलायमान बनाउने बारे छलफल गरेका थिए । जसमा सीसीएमसी सकरात्मक देखिएको बताएका छन् । तर कहिलेबाट चलायनमान गर्ने भन्ने बारे निर्णय नभएको एक फिल्मकर्मीले बताएका छन् ।

भदौँबाट छायाँङ्कनमा जाने भनिएका फिल्म सरकारले लगाएको निषेधाज्ञाका कारण रोकिएका छन् । अभिनेत्री तथा निर्माता रेखा थापाले भदौँबाट आफ्नो नयाँ फिल्म फ्लोरमा जाने बताएकी थिइन । तर सरकारले कोरोना संक्रमण बढेको भन्दै निषेधाज्ञा गरेका कारण अन्योलमा परेको छ । त्यस्तै शंकर अधिकारी (घायल)को दानराज पनि अन्योलमा परेको छ । छायाँङ्कनका लागि अहिले रामेछाप पुगेका शंकर उतै फिल्मको छायाँङ्कन गर्ने बिचारमा देखिएका छन् । आधा दर्जन फिल्म फ्लोरमा जाने तयारीमा भएता पनि सरकारले अनुमती दिएको छैन ।