सन्तोष आफै निर्देशन गर्दै ‘हुतुतु’

सन्तोष सेनले निर्माण गर्न लागेको नयाँ फिल्म ‘हुतुतु’ लाई आफै निर्देशन गर्ने भएका छन् । यस फिल्मलाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरिने भनिएको थियो । केहि साता अगाडी लिभरमा समस्या आएर अस्पताल भर्ना भएका गुरुङको निधन भएको थियो । त्यस पश्चात सन्तोष अन्योलमा परेका थिए

आशुसेन फिल्मस्को व्यानरमा निर्माण हुने यो फिल्म पूर्ण कमेडी विषयवस्तुमा बन्न लागेको हो । फिल्ममा हरिवंश आचार्य, राजाराम पौडेल, माओत्से गुरुङ, प्रदीप खड्का, पल शाह, नाजिर हुसेन, सलोन बस्नेत, गौरव पहारीलगायतको मुख्य भुमिका रहने छ । फिल्मको स्क्रिप्ट लेखिरहेका छेतेनको निधन भएपनि अधुरोलाई सन्तोषले नै पुरा गर्दैछन् । फिल्मको अपुरो स्क्रिप्टलाई पुरा गर्नका लागि केहि साथीका साथ सन्तोष काठमाडौ बाहिर गएका छन् ।