‘चोर र पुलिस’ फिल्म सुटिङका लागि हेलिकप्टर चार्टर

नेपालमा पनि लकडाउन हटेसँगै फिल्मको धमाधम छायाँङ्कन थालिएको छ । आइतबारबाट फिल्म ‘चोर र पुलिस’को छायाँकन थालिएको हो । आरएल लामाको निर्देशनमा फिल्म छायाँ धमाधम छायाँङ्कन भइरहेको छ । दोलखाको कालिन्चोकबाट छायाँकन सुरु गरिएको फिल्म युनिटले काठमाडौबाट हेलिकप्टर चार्टर गरेर कालिञ्चोक पुगेको थियो । निर्माण युनिटले त्यहाँ मुर्हूत गर्दै फिल्मको पे्रमकथामय गीत ‘कुन देश कि परी..’ को छायाँकन गरेको थियो । गीतमा अभिनेत्री कविता राय, अभिनेता तथा निर्देशक आरएल लामाले अभिनय गरेका थिए ।


फिल्मका लागि कालिञ्चोकको मौसम राम्रो भएकोले हेलिकप्टर चार्टर गरेरै भएपनि फिल्म छायाँकन गर्न थालिएको निर्देशक राजु लामाको भनाई छ । फिल्मको छायाँङ्कन दोलखाको अलवा सिन्धुपाल्चोकसँग जोडिएको मुडे, चरिकोट, कुलेखानी, हेटौंडा, पोखरा र काठमाडौंलगायतका स्थानमा हुनेछ । फिल्ममा बुद्धि तामाङ, सुलेमान शंकर ‘इकु’, जयनन्द लामा, धिरन शाक्य ,कविता राय, रेशम फिरिरि, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, कविता राय, बाल कलाकारमा अर्नव बिष्ट, कौसल राईलगायतको अभिनय रहनेछ ।

खड्ग लामा मोक्तान प्रस्तुतकर्ता रहेको फिल्म आरएल फिल्म इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बन्न लागेको हो । यस फिल्मका सोनाम मोक्तान, लङ्कामाया मोक्तान निर्माता रहेका छन् । फिल्मलाई निर्देशक लामाले नै लेखेका छन् । फिल्ममा विकास चौधरीको संगीत, सुरेश लामाको स्वर, आरएल लामाको शब्द, दिनेश पाख्रिन, अजय स्याङ्तान, अर्जुन भुषालको नृत्य, राजु किराँतीको द्वन्द्वन्द र रामेश्वर हुमागाईको छायाँकन रहनेछ । फिल्मका रमेश खत्री, करणबहादुर बिष्ट, शेखर लामा सहनिर्माता रहेका छन् । फिल्मको वितरण रीज इन्टरटेनमेन्टका करण श्रेष्ठले गर्नेछन् ।