आशा तिहारको


दशैंमा हल खोलिदिएको भए सरकारले फिल्म प्रदर्शकहरुले श्वास फेर्थे कि । तर, अब फेर्थे कि भन्न पर्ला । किनभने, फिल्म हल त नखुल्ने भए ।

फिल्मको छायांकन सुरु भएको छ । तर, फिल्मको छायांकन सुरु हुँदा पनि हल भने खुलेन ।

सरकारले दशैंमा हल खोलिदिएको अवस्थामा फिल्म चलाएर ७ महिनादेखिको घाटा केही भएपनि पुर्ती गरौला भन्ने सोच हो हल संचालकको । यो अवसर त गयो ।

सरकारले सबै कुरा खोलेर फिल्म हललाई किन वेवास्था गरेको थाहा भएन । तर, यसरी वेवास्था गर्दा हलसँग जोडिएका मानिसहरुको अवस्था के भयो भनेर सोच्ने काम सरकारले गरेन ।

चलचित्र विकास बोर्डले तिहारमा फिल्म चलाउने भन्न थालेको छ । फिल्म हलवालाहरु तिहारमा फिल्म चल्छ भनेर बोर्डले भनेको छ भन्छन् । १५ दिनको अन्तरमा सरकारले यो निर्णय गर्ला त । तिहारमा हल खुल्ने भए त अहिलेबाट नै जानकारी दिनपर्छ । किनभने, हल खुलेर हुन्न । तिहारमा फिल्म हल खुल्ने भए अहिले नै जानकारी दिएको अवस्थामा बल्ल फिल्म बनाउने निर्माताले दिमाग बनाउँछन् ।

हल मात्र खोलेर भएन, फिल्म पनि चल्नपर्छ । तिहारको आशामा बसेका छन् प्रदर्शक । तर, के तिहारमा हल खुल्छ त । कि, तिहार पनि हिस्स हुने हो । सबै कुरा खुलाउँदा हल खुलाउन किन यति गाह्रो भएको होला ?