बोर्डका अध्यक्षले लेखे यस्तो भावुक कविता

चलचित्र बोर्डका केहि सदस्यमा (कोभिन १९) कोरोनाको संक्रमण देखिएपछि बोर्डका अध्यक्ष दयाराम दाहाल होम क्यारेन्टाइनमा रहेका छन् । एक साता देखि होम क्वारेन्टाइनमा रहेका दाहालले निकै भावुक कविता लेखेका छन् । उनले घामलाई पनि चिसो देखेका छन् ।

जुनले आफुलाई पोलेको अनुभुती गरेका छन् । उनले निकै भावुकतामा कविताका  आफ्ना भावनाहरु पोखेका छन् । फूलहरु अचेल उनका लागि सुवास रहित नै फुलेको देख्न थालेका छन् । मन बिरक्तिएको रर घरले पनि नचिनेको उनको कवितामा लेखिएका छन् । उनले आफ्ना कविताका भावहरु यसरी पोखेका छन् ।

‘घाम पनि चिसो लाग्ने, जुनले झनै पोल्दो रैछ
फूल पनि उराठिंदै, सुवासरहित फुल्दो रैछ
मन पनि बिरक्तिँदै, कुन्नी कहाँ डुल्दो रैछ
तिमी बिना नचिनेझैं, घरले पनि भुल्दो रैछ ।।

प्रकृतिको नियम पनि परिवर्तन भए जस्तो
बसन्तमा वहार होईन, पतझड आए जस्तो
मेरा सारा खुशीहरुले मलाई छोडी गए जस्तो
तिमी बिना जिन्दगी त पानी बिना माछा जस्तो ।।

माया पनि अर्थ बिहीन शब्द जस्तो लाग्ने रैछ
छायाँ पनि छुट्टिएर गए जस्तो लाग्ने रैछ
जिन्दगीको यात्रा सम्झी मन डराउँदो रैछ
तिमी बिना सुर ताल होस हराँउदो रैछ ।।’