‘कसले चोर्यो मेरो मन २’ निर्माणमा छवि ओझा

फिल्म ‘कसले चोर्याे मेरो मन’ को सिक्वेल निर्माण हुने भएको छ । यस फिल्मका निर्माता छवि ओझाले एक दशक पछि ‘कसले र्चोयो मेरो मन’को सिक्वेल निर्माण गर्न लागेका हुन् । रेखा थापा र आर्यन सिग्देल अभिनित फिल्म ‘कसले चोर्याे मेरो मन’ ले राम्रो व्यापार गरेको थियो ।

फिल्मलाई सबिर श्रेष्ठले निर्देशन गरेका थिए ।  अहिले पनि उनैले फिल्मलाई निर्देशन गर्ने तय भएको छ । फिल्मको कलाकार छनोट बाहेक सबै फिल्मको काम सकिएको छ । यता रेखाले तीन बर्ष अगाडी नै ‘कसले र्चोयो मेरो मन २’ घोषणा गरेकी थिइन । फिल्मको कहिलेबाट फ्लोरमा जाने कुरा भनिएको छैन ।