लघु फिल्म ‘आइसक्रिम’ अन्तराष्ट्रिय फेस्टिभलमा छनोट

संगीता श्रेष्ठको निर्देशनमा तयार भएको लघु फिल्म ‘आइसक्रिम’ अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल (२०२०)मा छनोट भएको छ । फिल्म छनोट भएपछि फेस्टिभलको पहिलो दिन ३ नोभेम्बरमा प्रदर्शन गरिने छ ।

उक्त फेस्टिभलमा ३ नोभेम्बरदेखि सुरु हुने फेस्टिभल ५ दिनसम्म चल्ने आयोजकले जनाएको छ । कोरोना महामारीका कारण भर्चुअल रूपमा हुने फेस्टिभलमा पहिलो दिन नै आफ्नो फिल्म स्क्रिनिङ हुन लागेको निर्देशक श्रेष्ठले जानकारी दिएकी छन् ।

फिल्म बाल यौन शोषणमा आधारित रहेर निर्माण गरिएको छ । । सडकमा पैसा माग्दै हिँड्ने एक बालिकाको कथा निर्माण भएको फिल्ममा समाजको अँध्यारो पक्षलाई समेटेर फिल्म बनाएको संगीताले बताएकी छन् । नौ मिनेट लामो फिल्मको पात्रमा भूमिका योगिशा खत्री रहेकी छन् ।