नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा आकाशको उम्मेदवारी

निर्माता तथा निर्देशक आकाश अधिकारीले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आफुले फिल्म क्षेत्रमा लामो समय देखि योगदान दिएर सफल बनाएको भन्दै उनले बरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालको प्यानलबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

आकाशले आफु नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा केन्द्रिय सदस्यमा उम्मेदवारीमा उठेको सामाजिक सञ्जालमार्फत पनि जानकारी दिएका छन् । यसअघि उनी २०७३ सालको महासंघको निर्वाचनमा आकाश अधिकारी बस्तुगततर्फ केन्द्रिय सदस्य भइसकेका आकाशले यसपटक पनि उनले चलचित्र क्षेत्रबाट प्रतिनिधित्व केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । आगामी मंसिर ११ र १२ गते हुने महासंघको वार्षिक साधारणसभा र निर्वाचन हुँदैछ ।
चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका आकाशले यसअघि आफुले अत्यधिक मतले बिजय भएर निर्माता संघ, फिल्म क्षेत्र तथा महासंघको साथले सेवामुलक चलचित्र उधोगलाई राष्ट्रिय प्रथामिकता प्राप्त उधोगमा सुचिक्रित गराउन सफल भएको र नेपाल उद्योग वाणिज्य महासंघमा निर्वाचित भएमा अझ राम्रो गर्ने बताएका छन् ।

उनले नेपालमा बक्सअफिस कार्यान्वयन हुन सकेको खण्डमा उद्योगी(व्यवसायीहरु फिल्म क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएका छन् ।
आकाश अधिकारीले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरे लगत्तै उनलाई शुभकामना दिन बरिष्ठ अभिनेता शिव श्रेष्ठ, अभिनेता तथा निर्माता संघका कार्यसमिती सदस्य दीपकराज गिरी जी, गायिका इन्दिरा जोशी , संघका सचिव छबिराज ओझा, कलाकार सुनिल कटुवाल लगायत लाजिमपाट होटल संग्रिला पुगेका थिए ।
आकाशले ‘काठमाण्डू, पन्छी, दाग, क्रोध, के म तिम्रो होइन र ?, कोहिनूर, र अन्तिम फिल्म कान्छी ’ निर्देशन गरेका छन् । उनी नयाँ फिल्मको तयारीमा पनि लागेको कुरा लकडाउनको बेला बताएका थिए । फिल्मका निर्माता निर्देशक र अभिनेताको अनुभव बटुलेका आकाश रेड स्टुडियोका सञ्चालक समेत रहेका छन् ।