मौनताको ‘आँधी तुफा–२’ मा साम्भा अनुबन्धित

मौनता श्रेष्ठको निर्माणमा बन्न लागेको फिल्म ‘आँधी तुफान–२’ मा खलनायक अनुबन्धित गरिएको छ । यस फिल्मको मुख्य खलनायकको रुपमा साम्भा कोइराला अनुबन्धित भएका हुन्। साउथ सुपरस्टार प्रभासको बलिउड फिल्म ‘साहो’ मा सह–खलनायकको रुपमा अभिनय गरिसकेका साम्भालाई निर्माण युनिटले शुक्रबार अनुबन्धित गरेको हो ।

२०६१ सालमा बनेको हिट फिल्म ‘आँधी तुफान’ को सिक्वेलको रुपमा बन्न लागेको फिल्मलाई मदन घिमिरले निर्देशन गर्नेछन् । फिल्ममा पछिल्लो समय चलेका कलाकारको अभिनय रहने निर्माणपक्षले जनाएको छ । थुप्रै फिल्म लेखेका मौनताले ‘आँधी तुफान–२’ को लेखन पनि आफैले गरेका छन् । एक्सनले भरिएको ‘आँधी तुफान’ मा तीन अभिनेत्री पुजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामिछाने लगायतको मुख्य भूमिका रहेको थियो।