छोटो फिल्म ‘बसन्त’ निर्देशन गर्दै प्रियंका

अभिनेत्री प्रियंका कार्की पनि निर्देशक बन्ने भएकी छन्। उनी छाटो फिल्म ‘बसन्त निर्देशन गर्ने भएकी हुन् । उनले निर्देशन गर्ने फिल्मलाई आयुष्मान जोशीले छायांकन गर्नेछन्।

हालै प्रियंकाले एक युटुव च्यानलसँगको कुराकानीमा आफुले छोटो फिल्म ‘बसन्त’ निर्देशन गर्न लागेको बताएकी हुन्। प्रियंकाको छोटो फिल्ममा अभिनय कसले गर्ने हो भन्ने कुरा एकिन गरेकी छैनन्। अहिले फिल्मको कथा लेखिरहेको पनि उनले जानकारी दिएकी छन्।